×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

के तपाई पेन्सनको पर्खाईमा हुनुहुन्छ ? ठुक्क हुनुहोस् ! वैशाख १६ गतेपछि आउँछ पैसा खातामा !

PRIME CA

के तपाई पेन्सनको पर्खाईमा हुनुहुन्छ ? ठुक्क हुनुहोस् ! वैशाख १६ गतेपछि आउँछ पैसा खातामा !

९ बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सेवानिवृत्त कर्मचारीहरुले वैशाखमा पाउने पेन्सन १६ बैशाखपछि पाउने भएका छन् । नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंकलाई महालेखा नियन्त्रक कार्यालय मातहतको निवृत्तिभरण व्यवस्थापन कार्यालयले पेन्सनवापतक रकम वैशाख १६ पछि मात्र भुक्तानी गर्न परिपत्र गरेको हो ।
कोरोना भाइरसका कारण निवृत्तिभरकहरुको ६/६ महिनामा हुनुपर्ने उपस्थितिलाईसमेत असार मसान्तसम्म उपस्थित हुन नपर्ने गरी सारिएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । सरकारले हरेक महिना पेन्सन उपलब्ध गराउँदै आएकोमा ६/६ महिना भने बैंकमा स्वयम्ः उपस्थित हुनुपर्छ । तर, कोरोना भाइरसका कारण उक्त मिति असार मसान्तसम्म सारिएको हो । बैंकहरुले पूर्वकर्मचारीको पेन्सन खातामा भुक्तानी गर्न सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: