
काठमाडौँ । सनराइज बैकले नेपाली सेनाको सैनीक अस्पतालका लागि व्यक्तिगत सुरक्षा सामाग्री पिपिइ हस्तान्तरण गरेको छ । बैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले मंगलबार भद्रकालिस्थित नेपाली सेनाको कार्यालयमा सैनिक कल्याणकारी कोषका प्रमुख सागर बहादुर केसी र सैनिक अस्पतालका डाक्टर नरेन्द्र बहादुर केसीलाई हस्तान्तरण गरेका हुन् । त्यसैगरी, पञ्जा, मास्क लगायतका सामाग्री पनि बैकले उपलब्ध गराएको छ । सैनिक अस्पतालका डाक्टर नरेन्द्र बहादुर केसीले बैकले उपलब्ध गराएको व्यक्तिगत सुरक्षा सामाग्री पिपिई लगायतले विरामीको स्वास्थ्य उपचारमा ठूलो मद्द्त पुग्ने बताएका छन् ।

यो त सोमबारको कुरा हो । यसअघि पनि बैंकले थुप्रै स्थानहरुमा यसैखालका सहयोग गरिरहको छ । तर आजको विषय अलि फरक छ, त्यो हो, ड्रेस कोड । बैंकको प्रतिनिधित्व गरेर विभिन्न स्थानमा जाने बैंकका प्रमुख कार्यकारी अधिकृतले गलामा कार्ड भिरेका छन् । फर्मल लुगा लगाएका छन् । तर सँगै हिंडेका कर्मचारीहरु भने कोहि जिन्समा ठाटिएका छन्, कोहि सेमि-फर्मलमा छन् । सिइओ र फोटो खिच्ने क्यामरापर्सनबाहेक अन्य कर्मचारीले कार्ड भिरेका छैनन् । झट्ट सुन्दा यो सामान्य विषय जस्तो देखिएपनि अनुशासन के हो ? ड्रेस कोड के हो भन्ने विषयमा संवेदनशील हुनुपर्छ भन्ने बहस भने सुरु भएको छ ।

‘कोट लगाएका छौँ त्यो फर्मल नै हो, टि-शर्ट लगाउनु त झन् राम्रो नि ‘ : बैंकका प्रतिनिधि
यस विषयमा हामीले सेमि फर्मलमा देखिएका बैंकको सीएस आर हेर्ने रबिन्द्र ढकाललाई सोधेका थियौं । उनले आफुले कोट लगाएका कारण त्यो फर्मल ड्रेस नै भएको बताए । ‘म भर्खर सनराइज गएको हुँ । कार्ड त बनेकै छैन ।’ उनले भने । यता सुमन थापाले बैंककै टिशर्ट लगाउनु पनि फर्मल नै हुनु हो भन्ने उनको तर्क छ ।

जानकारको तर्क, ‘फर्मल भएरै जाँदा राम्रो’
यस विषयमा हामीले बैंकिङ क्षेत्र का एक जानकारलाई सोधेका थियौं । हाम्रो प्रश्नपछी केहिबेर हाँस्दै उनले भने, ‘प्रश्न रमाइलो लाग्यो । तर विषय ठिक हो । फर्मल भएर जाँदा राम्रो । अझ ठुला ठुला ठाउँमा जाँदा त झन् फर्मल हुनु नै राम्रो हो । अब सीइओ साप फर्मल भएर जाँदा अरुले सिक्नुपर्ने हो ।’

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्