
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल राष्ट्र बैंकले दोस्रो पटक ल्याएको सहुलियत प्याकले निजी क्षेत्रलाई सहुलियत महशुस नभएको बताएका छन् । मंगलबार राष्ट्र बैंकले कोरोना प्रभावित ऋणीहरुलाई चौथो त्रैमासको ब्याजमा २ प्रतिशत छुट दिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको थियो।
‘यस्तो बेला नेपाल राष्ट्र बैंकले जुन किसिमको सहुलियत प्याकेज ल्याउनुपर्ने थियो, त्यस्तो किसिमको ल्याएन’ अध्यक्ष श्रेष्ठले भने ‘यो सुविधाले निजी क्षेत्र पक्कै पनि उत्साहित छैन ।’ उनले समग्र देशको अर्थतन्त्रलाई नै अघि बढाउने खालको आर्थिक प्याकेजहरुको आवश्यकता रहेको बताए ।
यस्तै यस्तो अवस्थामा विशेष अपेक्षा गरिएकाले राष्ट्र बैंकले चौथो त्रैमासमा २ प्रतिशत ब्याज छुट दिनुले खासै ठुलो अर्थ नराख्ने र २ प्रतिशत छुट पनि सिमितलाई मात्रै नभएर सम्पूर्ण व्यवसायीहरुलाई दिनुपर्ने उनले बताए । थप १० प्रतिशत पुनर्कर्जा एक वर्षका लागि दिने भनिएको पनि उक्त समय थोरै भएकाले कम्तिमा ३ वर्ष स्वतः नविकरण हुनेगरी दिनुपर्ने अध्यक्ष श्रेष्ठले माग राखे । साथै ६० अर्वको पुनरकर्जा कोषले पनि नपुग्ने भन्दै श्रेष्ठले यसलाई बढाउनु २ सय अर्ब हुनुपर्ने बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्