×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांसद अपहरणको जाहेरी दिन जसपाका नेताहरु सरकारी वकिल कार्यालयमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सांसद अपहरणको जाहेरी दिन जसपाका नेताहरु सरकारी वकिल कार्यालयमा

Artha Sarokar

१६ बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । पूर्वस्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव अपहरण प्रकरणमा उजुरी दिन जनता समाजवादी पार्टी, नेपाल (जसपा)का नेताहरु काठमाडौंस्थित जिल्ला सरकारी वकिलको कार्यालय पुगेका छन् ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ तथा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले आफ्ना सांसद सुरेन्द्र यादवको अपहरण गरेको भन्दै त्यसविरुद्ध जाहेरी दर्ता गर्न उनीहरु बबरमहलस्थित कार्यालय पुगेका हुन् । पूर्वराज्यमन्त्री डा. सुरेन्द्र यादवसँगै उजुरी दिन बबरमहल पुग्नेमा पार्टी नेता उपेन्द्र यादव, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठलगायतका नेता छन् ।
यसअघि नेताहरु काठमाडौं प्रहरी परिसर पुगेपनि प्रहरीले सो उजुरी दर्ता गर्न अस्वीकार गरेको थियो ।समाजवादी पार्टी फुटाउने उद्देश्यका लागि बैशाखमा १० मा काठमाडौंबाट पूर्व आईजीपी खनाल, श्रेष्ठ र बस्नेत महोत्तरी पुगेर सांसद यादवलाई काठमाडौं ल्याएका थिए । प्रधानमन्त्रीकै निर्देशनमा सांसद यादवको अपहरण गरिएको आरोप जसपाका नेताहरुले लगाउँदै आएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी