Skip to content
LAXMI SUNRISE BANK

संसदको लेखा समितिले थाल्यो स्वास्थ्य सामग्री खरिद काण्डको छानविन, ७ दिनभित्र कागजात पेश गर्न निर्देशन

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – संघीय संसद्को सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिदबारे छानबिन थालेको छ। समितिले आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइरालालाई पत्र लेख्दै खरिदसँग सम्बन्धित सम्पूर्ण कागजात सात दिनभित्र पेश गर्न अनुरोध गरेको हो । 
समितिका सचिव डा. सोमनाथ पाण्डेद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘स्वास्थ्य उपकरण तथा आवश्यक सामग्री खरिद गर्ने कार्य अघि बढाइएकोमा सो खरिद सम्झौता रद्द गरिएको बुझिन आएकाले यस सम्बन्धमा समितिले छानबिन कार्य अघि बढाउन आवश्यक देखेकाले सो सम्बन्धमा मन्त्रालयको प्रतिक्रिया र त्यसलाई पुष्टि हुने आवश्यक कागजात तथा खरिद प्रक्रियामा भए गरेको सबै कागजात ७ दिनभित्र समिति सचिवालयमा उपलब्ध गराइदिन हुन निर्देशानुसार अनुरोध छ ।’ 
 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK