काठमाडौँ – थर्मल गनमा कालोबजारी गरेको अभियोगमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवालविरुद्ध चारवटा कसुरमा मुद्दा चलाउन सिफारिस गरिएको छ।
गत चैत २५ गते ६७ थान थर्मल गनसहित नक्सालबाट पक्राउ परेका अग्रवालविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौँले अनुसन्धान पूरा गरेपछि कालोबजारी, अवैध भण्डारण तथा नाफाखोरी र कृत्रिम अभाव सिर्जना र सार्वजनिक पदको दुरुपयोग गरेका चारवटा कसुरमा मुद्दा चलाउन सिफारिस गरेको हो। जसअनुसार १५ लाख ७८ रुपैयाँ बिगो र ३ वर्ष कैद तथा सार्वजनिक पद धारण गरेको अवस्थामा अपराध भएकोमा थप डेढी सजाय मागदाबी गरिएको छ।
महानगरीय प्रहरी परिसरका एसपी सोमेन्द्रसिंह राठौरले अग्रवालविरुद्ध कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ को दफा २ (क), दफा ३ (१), दफा ५ र मुलुकी फौजदारी सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ को एउटा दफा गरी ४ वटा कसुरमा मुद्दा चलाउन सिफारिस गरिएको बताए। पदको दुरुपयोग गरी अपराध गरेको कसुरमा मुलुकी फौजदारी सजाय निर्धारण तथा कार्यान्वयन २०७४ को परिच्छेद २ को दफा १५ को उपदफा २ अनुसार पनि मुद्दा चलाउन माग गरिएको उनले जानकारी दिए। मुलुकी फौजदारी सजाय निर्धारण तथा कार्यान्वयन २०७४ अनुसार सार्वजनिक पदको दुरुपयोग गरी कसुर गर्ने व्यक्तिलाई कसुरमा हुने सजायको थप डेढी सजाय गरिने व्यवस्था छ।
प्रहरी अनुसन्धानको थप अध्ययन गरेर सरकारी वकिलको कार्यालयले अग्रवालविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा मुद्दा दर्ता गर्नेछ। अग्रवाल नेपालका लागि कीर्गिस्तानका अवैतनिक दूत पनि हुन्। उनीमाथि चीनबाट ३ हजारमा खरिद गरेको थर्मल गन नेपालमा ल्याएर १५ देखि २० हजार रुपैयाँसम्म लिएर बिक्री गरेको आरोप छ। प्रहरी आफैं ग्राहक बनेर थर्मल गन किन्ने बहानामा अग्रवाललाई नक्सालबाट पक्राउ गर्न सफल भएको हो।
थर्मल गनको कालोबजारीमा प्रयोग गरिएको कूटनीतिक सुविधाबापतको अग्रवालले चढेको गाडी पनि प्रहरीले नियन्त्रणमा लिएको छ। अग्रवाललाई महानगरीय प्रहरी वृत्त दरबारमार्गको हिरासतमा राखिएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्