×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हेर्नुहोस् कसरी अदालतबाट छुटे जगदम्बाका मालिक शुलभ अग्रवाल, त्यसपछि फेरि कसरी पक्राउ परे ? (भिडियो)

अर्थ सरोकार

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार

PRIME CA

हेर्नुहोस् कसरी अदालतबाट छुटे जगदम्बाका मालिक शुलभ अग्रवाल, त्यसपछि फेरि कसरी पक्राउ परे ? (भिडियो)

  • अर्थ सरोकार सम्बाददाता
कालोबजारी आरोप लागेका व्यवसायी सुलभ अग्रवाल जिल्ला अदालतबाट छुटेसँगै पुनस् पक्राउ परेका छन् । काठमाडौं जिल्ला अदालतले २५ लाख ५० हजार रुपैयाँ धरौटी माग गरी उनलाई रिहाइ गरेपनि उनलाई प्रहरीले पुनस् पक्राउ गरेको हो । ज्वरो नाप्ने थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका अग्रवालको मुद्दा बिहीबार काठमाडौं जिल्ला अदालतमा न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासमा सुनुवाई भएको थियो । व्यवसायी अग्रवालले ५ हजार रुपैयाँ पर्ने थर्मल गन १५ हजार रुपैयाँमा बेच्न खोजेको भन्दै प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले चैत २५ गते नक्सालबाट पक्राउ गरेको थियो ।
उनीविरुद्ध कालोबजारी तथा केही सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार कारबाही गर्न जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्धा दायर गरेको थियो । कालोबजारी ऐन अन्तर्गतको एक वर्षसम्म कैद हुने मुद्धा जिल्ला प्रशासन कार्यालयले हेर्ने कानूनी व्यवस्था भए पनि जिल्ला सरकारी वकिल कार्यालयले अग्रवालविरुद्ध १ वर्ष भन्दा बढी कैद सजाय माग गरेकाले मुद्धा जिल्ला अदालतमा दर्ता भएको थियो।उनीमाथि सम्पत्ति शुद्धिकरणसम्बन्धी विषयमा पनि अनुसन्धान गर्नुपर्ने भएकाले पक्राउ गरिएको परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । अग्रवाललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा पठाइने उनले बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: