×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जाग्यो सुदुरपश्चिम प्रदेश सरकार ! ५० शैयाको ‘कोरोना अस्पताल’ निर्माण सुरु, २५ दिनमा काम सक्ने लक्ष !

PRIME CA

जाग्यो सुदुरपश्चिम प्रदेश सरकार ! ५० शैयाको ‘कोरोना अस्पताल’ निर्माण सुरु, २५ दिनमा काम सक्ने लक्ष !

७ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सुदुरपश्चिम ब्युरो
धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा कोरोना संक्रमितको उपचारका लागि ५० शैयाको छुट्टै वार्ड निर्माण कार्य शुरु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले कैलाली र कञ्चनपुरको महाकाली अस्पताललाई ५०–५० शैयाको छुट्टै कोरोना वार्ड निर्माणका लागि एक–एक करोडको अख्तियारी दिएपछि कैलालीको धनगढीमा वार्ड निर्माण सुरु भएको हो । सेती प्रादेशिक अस्पतालको संरचना सानो भएपछि कोरोना भाईसरको उपचारका विरामीलाई २५ दिन भित्र प्रि–फ्याव भवनमा सार्ने गरी काम भईरहेको सामाजिक विकास मन्त्री कृष्णराज सुबेदीले जानकारी दिएका छन् । 

सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना भाइरसका संक्रमित विरामीलाई अबको २५ दिनभित्र प्रि–फ्याव प्रविधिमा निर्माण हुदै गरेको भवनमा राखिने मन्त्री सुबेदीले बताए । उनले सुदूरपश्चिमका जनताको लागी प्रदेश सरकार निरन्तर लागिरहेको बताउदै समग्र सुदुरपश्चिम प्रदेशको स्वास्थ्य क्षेत्रमा प्रदेश सरकारले काम गरेको दाबीसमेत गरेका छन् । सेती प्रादेशिक अस्पताल मातहतमा रहने गरि ५० शैयाको प्रि–फ्याव भवन निर्माण भईरहेको भवनको काम एक महिना भित्र सक्ने गरी तिब्र गतिमा काम भईरहेको सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले बताए । 

कैलाली र कञ्चनपुरमा ५०-५० शैयाको भवन प्रदेश सरकारको तर्फबाट निर्माण भईरहेका बताउदै उनले महाकाली अस्पतालमा समेत भवन निर्माणको काम अगाडी बढेको समेत जानकारी दिए । उक्त प्रि–फ्याव भवन ९४ लाखमा एक महिना भित्र काम सक्ने गरी किनारा कन्स्ट्रक्सनले निर्माणको ठेक्का पाएको छ । अबको २५ दिनभित्र अस्पताल हस्तान्तरण गर्ने लक्ष्य लिइएको छ । कञ्चनपुरको महाकाली अस्पतालमा भने निर्माण सम्झौता हुन बाँकी छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले तयार पारेको स्टीमेट अनुसार भवन निर्माण हुने छन । आज सम्म सुदुरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या पाँच पुगेको छ । उनीहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: