
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । आँधिखोला लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमास वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाले १ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोहि अवधिमा संस्थाले १ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाए थियो ।
यस्तै, संस्थाको खुद ब्याज आम्दानी ५९%ले बढेर ४ करोड ३० लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा संस्थाले २ करोड ७० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । खुद ब्याज आम्दानीमा उल्लेख्य सुधार भएपनि लघुवित्तको खुद नाफा भने सामान्य मात्र बढेको छ ।
यो तेश्रो त्रैमाससम्ममा संस्थाको निष्क्रिय कर्जा १.८५ प्रतिशतबाट बढेर ४.४४% पुगेको छ। गत वर्ष संस्थाको निष्क्रिय कर्जा २.५९% रहेको थियो । संस्थाको खर्च र निष्क्रिय कर्जा बढेपछि खुद नाफा प्रभावित भएको देखिन्छ ।
१० करोड चुक्ता पूँजी रहेको यस लघुवित्तले चालु आवको चैत मसान्तसम्ममा ३ करोड १८ लाख रुपैयाँ जगेडा कोषमा सञ्चय गरेको छ। गत आवको सोही अवधिसम्ममा लघुवित्तको जगेडा कोषमा ३८ लाख रुपैयाँ सञ्चित थियो । संस्थाले सम्भावित जोखिम बापतको व्यवस्थामा करोड ६ लाख रुपैयाँ छुट्याएको छ । गत वर्ष सम्भावित जोखिम बापतको व्यवस्थामा संस्थाले साढे ७२ लाख रुपैयाँ छुट्याएको थियो।
लघुवित्तले २७ लाख ९० हजार रुपैयाँ निक्षेप र ३४ करोड २८ लाख रुपैयाँ सापटीबाट ७० करोड ९३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आवको सोही अवधिमा लघुवित्तले १९ करोड ४० लाख रुपैयाँ निक्षेप र ३७ करोड ९५ लाख रुपैयाँ सापटीबाट ६० करोड ९४ लाख रुपैयाँ कर्जा परिचालन गरेको थियो।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्