×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थ समितिमा अनिल शाहको प्रश्नः ‘बैंकबाट राहत लिएका व्यवसायीले चाहीँ उपभोक्तालाई राहत दिनु पर्दैन ?’ (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

अर्थ समितिमा अनिल शाहको प्रश्नः ‘बैंकबाट राहत लिएका व्यवसायीले चाहीँ उपभोक्तालाई राहत दिनु पर्दैन ?’ (भिडियो)

Artha Sarokar

३० बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 

काठमाडौँ । बैंकर्स संघका पूर्व अध्यक्ष एवं नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले राहत बैंकले ऋणिलाई मात्र दिने हो कि ऋणीले पनि आफ्ना ग्राहकलाई दिने हो बुझ्न कठिन भएको बताएका छन् । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले आगामी बजेटका विषयमा मंगलबार बैंकर्सहरुसँग गरेको छलफलमा उनले यस्तो बताएका हुन् ।

 बैंकले १४ लाख ऋणिलाई राहत दिने तर तिनले सेवा दिने ग्राहकले राहत पाउन नसक्ने अवस्था हुन नहुने उनको तर्क छ । छलफलमा बोल्दै उनले बैंकले समस्यामा परेका ऋणिलाई राहत दिएपछि उनीहरुले पनि आफ्ना सेवाग्राहीलाई राहत दिए मात्र अर्थतन्त्र थप चलायमान बनाउन सकिने बताए । वित्तीय संस्थाले आफ्ना ऋणिहरुलाई राहत दिएपछि त्यसको फाइदा सबै नेपालीले पाउनुपर्ने मान्यता बैंकरहरुको रहेको बताउँदै उनले सबैले पाउन नसक्ने अवस्था हुने भएकाले बैंकहरुले आफ्ना ऋणिहरुलाई रेड, यल्लो र ग्रिन जोनमा वर्गिकरण गरी राहत ब्याजमा छुट दिन खोजेको स्पष्ट पारे ।
उनले सबैभन्दा प्रभावित भएकालाई रेड जोनमा, कम प्रभवित भएकालाई यल्लो जोनमा र प्रभावित नभएकालाई ग्रिन जोनमा बर्गिकरण गरी ब्याजमा सहुलियत दिने व्यवस्था गर्न खोजेको बताएका छन् । ‘हाम्रो लोन पोर्टफोलियोलाई ब्रान्च वाइज, युनिट वाइज रेड, यल्लो, र ग्रिनमा हामी परिवर्तन गरिराखेका छौं । रेड भनेको जस्तो टुरिजम होला अर्थात जसलाई एकदम प्रभाव परेको छ, नकारात्मक प्रभव परेको छ , यल्लो भनेको अधिकांश यसमा छन् । अहिले त बन्द छ सबैलाई प्रभाव परेको छ तर बन्द खुलेपछि अलिकति राहत पाउनुभयो भने वहाँहरुले राम्रो गर्नुहुन्छ र ग्रिन भनेको कति क्षेत्र छ जसलाई प्रभाव नै परेको छैन वहाँहरुलाई ग्रिन छ । तर हाम्रो राहत इक्वल डिस्ट्रिव्युसन भयो, अहिले इक्वल डिस्ट्रिव्युसनले हुँदैन् । एक्युटिबल डिस्ट्रिब्युसन चाहिन्छ ।’ उनले भने । बाँकी भिडियो रिपोर्टमा हेर्नुहोस् :
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी