
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सरकारलाई सबैभन्दा बढी आयकर वित्तीय क्षेत्रले बुझाएका छन् । यो क्षेत्रको मात्र सरकारको कोषमा ६ अर्ब ९४ करोड ३० लाख जम्मा भएको छ । आर्थिक वर्ष २०७५/७६ मा वित्तीय क्षेत्रले सो आयकर बुझाएका हुन् । विभिन्न क्षेत्रगत संस्थानको कुल आयकरमा वित्तीय क्षेत्रको मात्र ३९ प्रतिशत योगदान छ । वित्तीय क्षेत्रअन्तर्गत बैंक, फाइनान्स, लघुवित्त, सहकारी लगायत पर्छन् ।
औद्योगिक क्षेत्रले १ करोड ७२ लाख रूपैयाँमात्र आयकर बुझाएका छन् । यो भनेको जम्मा ०.१० प्रतिशतमात्र योगदान हो । सार्वजनिक संस्थानबाट सरकारको सञ्चित कोषमा सार्वजनिक संस्थानबाट १७ अर्ब ५७ करोड २७ लाख आयकर योगदान भएको छ ।
यो गत वर्षको तुलनामा आयकरमा २७.८४ प्रतिशतले बढी हो । सरकारले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षाले यस्तो देखाएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्