- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – सेञ्चुरी कमर्शियल बैंकले आर्थिक वर्ष २०७६/७७ को तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार बैंकले खुद नाफा ९१ करोड ५७ लाख रुपैयाँ कमाएको थियो । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ४९.९६%ले धेरै हो । गत वर्षको यसै अवधिमा बैंकले ६१ करोड ६ लाख नाफा कमाएको थियो । बैंकको वितरण योग्य मुनाफा भने १३ करोड ४१ लाख रहेको छ ।
बैंकको खुद ब्याज आम्दानी १४.१९%ले बढेको छ । गत वर्ष १ अर्ब ९७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले यो वर्ष बढेर २ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । यो चैतमसान्तसम्ममा बैंकको निक्षेप गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २.४९%ले बढेर ५८ अर्ब ७७ करोड पुगेको छ भने कर्जा १.७९ प्रतिशतले बढेर ५८ अर्ब १० करोड पुगेको छ ।
हाल बैंकको चुक्ता पुंजी ८ अर्ब ४१ करोड रहेको छ भने रिजर्भमा २ अर्ब ५० करोड रहेको छ । बैंकको खराब कर्जा २.१९% रहेको छ । बैंकको प्रति शेयर आम्दानी १४.५१ , नेट वर्थ १२९.७२, मूल्य आम्दानी अनुपात १०।९६ गुणा, बेस रेट १०.२७ प्रतिशत, कोषको लागत ७.८१ प्रतिशत, सिसिडि ७७।८९ , र पुंजी पर्याप्तता अनुपात १४.४८ रहेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्