×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चिलिमे हाइड्रोपावरको तेश्रो त्रैमास : खुद नाफा घट्यो, अन्य सुचकको कस्तो छ अवस्था ? (विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

चिलिमे हाइड्रोपावरको तेश्रो त्रैमास : खुद नाफा घट्यो, अन्य सुचकको कस्तो छ अवस्था ? (विवरणसहित)

१४ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । चिलिमे हाइड्रोपावरले आर्थिक वर्ष २०७६/७७ को तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले ५२ करोड ५६ लाख ४६ हजार खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ३%ले कम हो। गत वर्ष यहि अवधिमा कम्पनीले ५४ करोड ३६ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको विद्युत विक्री आम्दानीमा कमि आएकाले नाफा घटेको वित्तीय विवरणले देखाउँछ । गत वर्ष यस अवधिसम्म ८० करोड ७५ लाख ५५ हजार रुपैयाँ विद्युत विक्रीबाट आम्दानी गरेको चिलिमेले यस वर्ष ८० करोड ३७ लाख १८ हजार रुपैयाँ मात्र आम्दानी गरेको छ । गत वर्षभन्दा यस वर्ष ०.४८% कम विद्युत विक्री आम्दानी भएको हो । 
नेपाल विद्युत प्राधिकरणले यस वर्ष कम विद्युत उर्जा खरिद गरेकाले विद्युत विक्री आम्दानीमा कमि आएको कम्पनीको भनाई छ । कम्पनीको चुक्तापूँजी २०% ले बढेर ५ अर्ब ७० करोड ९७ लाख ६३ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यसै अवधिसम्म कम्पनीको चुक्तापूँजी ४ अर्ब ७५ करोड ८१ लाख ३६ हजार रुपैयाँ थियो । प्रकाशित विवरण अनुसार कम्पनीको जगेडा कोष रकम पनि ९.७१%ले कम भएको छ । गत वर्ष ४ अर्ब ५१ करोड ६ लाख ९८ हजार रुपैयाँ रहेको जगेडा कोष रकम यसवर्ष सोहि अवधिसम्म ४ अर्ब ७ करोड २७ लाख १७ हजार रुपैयाँ कायम भएको छ । 
यता, कम्पनीको प्रति सेयर आम्दानी २ रुपैयाँ ९६ पैसाले घटेर १२ रुपैयाँ २७ पैसामा सिमित भएको छ । गत वर्ष कम्पनीको प्रति सेयर आम्दानी १५ रुपैयाँ २३ पैसा रहेको छ। त्यस्तै, प्रतिशेयर नेटवर्थ पनि गत वर्ष १९४ रुपैयाँ ८ पैसा रहेकोमा यस वर्ष १७१ रुपैयाँ ३३ पैसा रहेको विवरणमा उल्लेख छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: