×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन लाइफको खुद नाफा १९ प्रतिशतले बढ्यो, अन्य सूचक पनि उत्साहजनक (पूर्ण विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सिटिजन लाइफको खुद नाफा १९ प्रतिशतले बढ्यो, अन्य सूचक पनि उत्साहजनक (पूर्ण विवरणसहित)

Artha Sarokar

३० बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौ – सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ को तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा १९% बढोत्तरी गरी १४ करोड ३९ लाख पुर्याएको छ ।
यस्तै, चैतमसान्तसम्ममा कम्पनीको जीवन बीमा कोष २१२%ले बढेको छ । गत वर्ष ४० करोड ४७ लाख रुपैयाँ रहेको जीवन बीमा कोष यस वर्षको सोहि अवधिमा बढेर १ अर्ब २६ करोड ४५ लाख रुपैयाँ पुगेको छ । यता, कम्पनीले खुद बीमा शुल्कमा ७९%ले बढेर १ अर्ब १६ करोड ३५ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यहि अवधिमा खुद बीमा शुल्क ६५ करोड ५ लाख रुपैयाँ रहेको थियो ।
कम्पनीले यस अवधिमा ७ करोड २२ लाख कुल दावी भुक्तानी गरेको छ भने भुक्तानी हुन् बाँकी रकम १९ लाख ६८ हजार रहेको छ । १ अर्ब ७५ करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा ४५ करोड ९३ लाख रहेको छ। 
सिटिजन लाईफले कुल लगानी रकम करिब ३ अर्ब ६० करोड मध्ये ९६% रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको लामो अवधिको ऋणपत्र तथा मुद्धती निक्षेपमा लगानी गरेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी