×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अमेरिकी राष्ट्रपति ट्रम्प भन्छन् – ‘२०२० को अन्तिमसम्ममा कोरोना भाइरसको खोप बन्छ’

LAXMI SUNRISE BANK

अमेरिकी राष्ट्रपति ट्रम्प भन्छन् – ‘२०२० को अन्तिमसम्ममा कोरोना भाइरसको खोप बन्छ’

२२ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को अन्तिमसम्ममा कोरोना भाइरस (कोभिड–१९) को खोप तयार हुने बताएका छन् । टेलिभिजन च्यानल फक्स न्युजलाई दिएको अन्तर्वार्तामा उनले यस वर्षको अन्तिममा यो खोप आउनेमा आफू विश्वस्त रहेको बताएका हुन् ।
विद्यालय खोल्ने विषयमा बोल्दै ट्रम्पले उमेर अलि बढी भएका शिक्षकलाई संक्रमण हुने जोखिम भए पनि विद्यालय खोल्नु जरुरी रहेको बताएका छन् । कोरोना भाइरसको विषयलाई लिएर ट्रम्पले अन्तर्वार्तामा विपक्षी डेमोक्रेटिक नेताहरुको आलोचना पनि गरेका थिए । कोरोना भाइरसको कारण अमेरिकाको अवस्था कमजोर भए विपक्षीलाई राजनीतिक हिसाबमा फाइदा पुग्ने ट्रम्पको आरोप छ ।
यसअघि उनले सुझाउँदै आएको कोरोना भाइरसको औषधि हाइड्रोक्सिक्लोरोक्विनको विषयमा भने यो औषधि निर्माण गर्ने कम्पनीसँग आफ्नो कम्पनीको शेयर नरहेको बताए । उनले यो औषधि प्रयोगमा कुनै नोक्सानी नरहेको र यसको प्रयोगले कोरोना भाइरसबाट मृत्यु हुनेको संख्यामा पनि कमी आएको उनको दाबी छ ।
कोरोना भाइरस नियन्त्रणको लागि समयमा नै सही कदम नउठाएको आरोप खेपिरहेका ट्रम्पले आफ्नो गुप्तचरले सही सूचना नदिएको कारण समयमा नै प्रभावकारी कदम चाल्न नसकिएको बताए । उनका अनुसार जनवरी २३ मा गुप्तचर स्रोतले अमेरिकामा भाइरस आउन सक्ने भए पनि त्यतिबेला लकडाउन गर्नु जरुरी नरहेको जानकारी दिएको उल्लेख गरे ।
उनले त्यसभन्दा अगाडि नै चीनबाट आउने जहाज रोकेर भाइरस नियन्त्रणको लागि प्रयास शुरु गरेको भन्दै आफ्नो बचाउ गरे । -बीबीसी
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी