
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – मंगलबार अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ १६ पैसा तोकेको छ । यस्तै अमेरिकी डलरको बिक्रीदर १२१ रुपैयाँ ७६ पैसा तोकिएको छ । सोमबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ६ पैसा र बिक्रीदर १२१ रुपैयाँ २ पैसा तोकिएको छ । यता, युरो एकको खरिददर १३१ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६७ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले पाउण्ड एकको खरिददर १४६ रुपैयाँ ९९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ७२ पैसा कायम गरेको छ । यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७३ पैसा र बिक्रीदर २७ रुपैयाँ ८६ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ २८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४४ पैसा रहेको छ भने र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३३ रुपैयाँ १५ पैसा रहेको छ ।
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्