- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – शुक्रबार अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार अमेरिकी डलर एकको खरिददर १२२ रुपैयाँ ६४ पैसा तोकेको छ । यस्तै अमेरिकी डलरको बिक्रीदर १२३ रुपैयाँ २४ पैसा तोकिएको छ । बिहिबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ९८ पैसा र बिक्रीदर १२१ रुपैयाँ ५८ पैसा रहेको थियो । यता, युरो एकको खरिददर १३२ रुपैयाँ ८७ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५२ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७४ पैसा कायम गरेको छ । यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९ पैसा र बिक्रीदर २८ रुपैयाँ ०४ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ८५ पैसा रहेको छ भने र, युएई दिराम एकको खरिददर ३३ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५५ पैसा रहेको छ ।
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्