- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बिहिबार अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले बिहिबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ८५ पैसा तोकिएको छ । यस्तै, बिक्रीदर १२१ रुपैयाँ ४५ पैसा रहेको छ । बुधबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ७६ पैसा र बिक्रीदर १२१ रुपैयाँ ३६ पैसा रहेको थियो ।
यस्तै नेपाल राष्ट्र बैंकले पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ९३ पैसा र बिक्रीदर १४९ रुपैयाँ ६७ पैसा तोकको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८ पैसा र बिक्रीदर २७ रुपैयाँ ९४ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ १९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३६ पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०६ पैसा रहेको छ ।
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्