×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनतालाई मर्ज गरेको ग्लोबल आइएमई बैंकको नाफा बढ्यो, तर पूँजी बढे अनुसार नाफा बढ्न नसक्दा इपीएस घट्यो !

PRIME CA

जनतालाई मर्ज गरेको ग्लोबल आइएमई बैंकको नाफा बढ्यो, तर पूँजी बढे अनुसार नाफा बढ्न नसक्दा इपीएस घट्यो !

अर्थ सरोकार

३० बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । ग्लोबल आइएमइ बैंकले चालु आर्थिक बर्षको तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
जनता बैंकसँग मर्जरमा गएको बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ अर्ब ७० करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ४४.३६ प्रतिशत धेरै हो । गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ८७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। प्रकाशित विवरण अनुसार तेस्रो त्रैमाससम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ ६५ पैसा कायम भएको छ भने मूल्य आम्दानी अनुपात १२.५० गुणा रहेको छ।
मर्जर अवधिसम्म जनता बैंकले कमाएको नाफा समेत जोड्दा बैंकको खुद नाफा ३ अर्ब १५ करोड रुपैयाँ रहेको छ। तर बैंकको खर्च बढेको छ भने खराब कर्जा पनि केहि बढेको छ। गत वर्षको तेस्रो त्रैमासमा ०.७६ प्रतिशत रहेको बैंकको खराब कर्जा बढेर १.१४ प्रतिशत पुगेको छ । यस अवधिमा बैंकले ६ अर्ब रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ जुन गत वर्षको तुलनामा २ अर्ब ३२ करोड रुपैयाँले धेरै हो। बैंकले गत वर्षको यसै अवधिमा ३ अर्ब ६८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको सञ्चालन नाफा पनि १ अर्ब १५ करोड रुपैयाँले बढेर ३ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ। 
समिक्षा अवधिमा बैंकले २ खर्ब १ अर्ब ५९ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९५ अर्ब १८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्षको यसै अवधिमा बैंकले १ खर्ब २० अर्ब ८ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८ अर्ब ९७ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।  बैंकको प्रति शेयर आम्दानी भने केहि खुम्चिएको छ। गत वर्षको यसै अवधिमा २४ रुपैयाँ २१ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी घटेर २२ रुपैयाँ १६ पैसामा झरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: