
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । ग्लोबल आइएमइ बैंकले चालु आर्थिक बर्षको तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
जनता बैंकसँग मर्जरमा गएको बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ अर्ब ७० करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ४४.३६ प्रतिशत धेरै हो । गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ८७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। प्रकाशित विवरण अनुसार तेस्रो त्रैमाससम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ ६५ पैसा कायम भएको छ भने मूल्य आम्दानी अनुपात १२.५० गुणा रहेको छ।
मर्जर अवधिसम्म जनता बैंकले कमाएको नाफा समेत जोड्दा बैंकको खुद नाफा ३ अर्ब १५ करोड रुपैयाँ रहेको छ। तर बैंकको खर्च बढेको छ भने खराब कर्जा पनि केहि बढेको छ। गत वर्षको तेस्रो त्रैमासमा ०.७६ प्रतिशत रहेको बैंकको खराब कर्जा बढेर १.१४ प्रतिशत पुगेको छ । यस अवधिमा बैंकले ६ अर्ब रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ जुन गत वर्षको तुलनामा २ अर्ब ३२ करोड रुपैयाँले धेरै हो। बैंकले गत वर्षको यसै अवधिमा ३ अर्ब ६८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको सञ्चालन नाफा पनि १ अर्ब १५ करोड रुपैयाँले बढेर ३ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ।
समिक्षा अवधिमा बैंकले २ खर्ब १ अर्ब ५९ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९५ अर्ब १८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्षको यसै अवधिमा बैंकले १ खर्ब २० अर्ब ८ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८ अर्ब ९७ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो। बैंकको प्रति शेयर आम्दानी भने केहि खुम्चिएको छ। गत वर्षको यसै अवधिमा २४ रुपैयाँ २१ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी घटेर २२ रुपैयाँ १६ पैसामा झरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्