Skip to content
LAXMI SUNRISE BANK

ग्लोबल आइएमई लघुवित्तको खुद नाफा १०७.३८ प्रतिशतले वृद्धि, अन्य सूचक पनि उत्साहजनक (विवरणसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको आर्थिक वर्ष २०७६/७७ को तेश्रो त्रैमसको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार लघुवित्तको खुद नाफा ८ करोड ४६ लाख रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा १०७.३८%ले धेरै हो । गत वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश: ८६.४०% र ११९.०७%ले बढेको छ । गत वर्ष ९ करोड ५० लाख रुपैयाँ रहेको लघुवित्तको खुद ब्याज आम्दानी चालु आवको सोही अवधिसम्ममा बढेर १७ करोड ७० लाख रुपैयाँ पुगेको छ। यता, सञ्चालन नाफा १३ करोड ३० लाख रुपैयाँ पुगेको छ। खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै लघुवित्तको खुद नाफा पनि वृद्धि भएको देखिन्छ ।
खुद नाफासँगै लघुवित्तको निष्क्रिय कर्जा पनि बढेको छ। गत आवको चैत मसान्तसम्ममा ०.४७% मात्र रहेको लघुवित्तको निष्क्रिय कर्जा चालु आवको सोही अवधिसम्ममा बढेर १.७१% पुगेको छ। यससँगै लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा २ करोड ५८ लाख रुपैयाँ छुट्याएको छ।
यो तेस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तले १ अर्ब ३० करोड ६८ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी २ अर्ब ८१ करोड ९६ लाख रुपैयाँ सापटीबाट ३ अर्ब ८९ करोड २२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। हाल लघुवित्तको चुक्ता पुँजी २५ करोड ९५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १७ करोड १० लाख रुपैयाँ सञ्चित रहेको छ। गत वर्षको सोहि अवधिमा लघुवित्तको जगेडा कोषमा ५ करोड ५९ लाख रुपैयाँमात्र सञ्चित थियो।
लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ४३ रुपैयाँ ४९ पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ ८८ पैसा रहेको छ। त्यसैगरी, लघुवित्तको मूल्य आम्दानी अनुपात २५.७५ गुणा कायम भएको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK