×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योति लाइफ इन्स्योरेन्सद्वारा तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, कति कमायो नाफा ? (विवरणसहित)

PRIME CA

ज्योति लाइफ इन्स्योरेन्सद्वारा तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, कति कमायो नाफा ? (विवरणसहित)

१९ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – ज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा १४.२८%ले बढोत्तरी गरी ११ करोड ५१ लाख रुपैयाँ पुर्याउन सफल भएको छ ।  गत वर्ष कम्पनीले यसैअवधिमा १० करोड ७ लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस्तै, गत वर्ष ५६ करोड ६८ लाख रुपैयाँ आर्जन गरेको खुद बिमा शुल्क यस वर्ष ९५% ले बढाएर १ अर्ब १० करोड रुपैयाँ पुर्याएको छ । कम्पनीले ८९ लाख ५९ हजार रुपैयाँ बराबरको कुल दाबी भुक्तानी गरेको छ । कम्पनीको जीवन बीमा कोष पनि १९१.१६% ले बढाएर १ अर्ब ४० करोड ४५ लाख रुपैयाँ पुर्याएको छ ।  गत वर्ष यसैअवधिमा कम्पनीले ४८ करोड २४ लाख रुपैयाँ रहेको थियो । 
चुक्ता पुँजी १ अर्ब ५४ करोड रुपैयाँ रहेको ज्योतिको जगेडा कोषमा ३७ करोड ३९ लाख रुपैयाँ छ । कम्पनीले महाविपत्ति कोषका लागि ४ करोड १५ लाख रुपैयाँ छुट्याएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ९७ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ९८ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: