
- अर्थ सरोकार सम्बाददाता
कञ्चनपुर । कञ्चनपुरमा क्वारेन्टाइनमा बसेका चार सय ८० जना घर फिर्ता भएका छन् । भारतलगायत अन्य मुलुकबाट आएका व्यक्तिहरु क्वारेन्टाइन अवधि पूरा गरी घर फिर्ता भएका हुन् । क्वारेन्टाइनमा बस्दै आएका व्यक्तिहरुको र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटि) परिक्षणमा नतिजा नेगेटिभ आएपछि सबै जना घर फर्किएका हुन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार भीमदत्तमा १४५, महाकालीमा २२, बेदकोटमा २३, शुक्लाफाँटामा २२, कृष्णपुरमा ३१, पुर्नवासमा ३४, बेलौरीमा ६६, लालझाडीमा १२३ र बेलडाँडीमा १४ गरी ४८० जना क्वारेन्टाइन अवधि पुरा गरी घर फिर्ता भएका छन् ।
भारतलगायत अन्य मूलुकबाट आएका व्यक्तिहरुलाई राख्न जिल्लाका नौ वटै स्थानीय तहले क्वारेन्टाइन तयार पारेका थिए । नौ वटा स्थानीय तहमध्ये चार वटा स्थानीय तहका क्वारेन्टाइनमा मात्रै ८६ जनालाई राखिएको छ। छ वटा स्थानीय तहका क्वारेन्टाइनमा रहेका व्यक्तिहरु घर फिर्ता भैसकेका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकीय अधिकृत कृष्णानन्द जोशीका अनुसार कञ्चनपुरका नौ वटै स्थानीय तहमा ५४० वेड क्षमताको क्वारेन्टाइन तयार गरिएको छ। कञ्चनपुरमा भारत लगायत अन्य मुलुकमा आएका व्यक्तिहरुको संख्या भने पाँच हजार सात सय ७६ रहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्