
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं लगायतका ठाउँमा लकडाउन थप कडा पार्न निर्देशन दिएका छन् । ओलीले मान्छेको जीवनभन्दा आर्थिक गतिविधि ठूलो होइन भन्दै लकडाउनमा कुनै सम्झौता नगर्न मन्त्रीहरुलाई निर्देशन दिएका हुन् । सरकारी कार्यालय तथा वित्तीय संस्थाहरूको काम सुचारु गर्ने नाममा काठमाडौंमा लकडाउन औचित्यहीन बनेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमै असन्तुष्टि व्यक्त गरेका हुन्।
मन्त्रिपरिषद्को मंगलबारको बैठकमा प्रधानमन्त्री ओलीले लकडाउन कडा पार्न, केहि सिमित बैंक तथा वित्तीय संस्था खोलेर बाँकी बन्द गर्ने व्यवस्था मिलाउन उच्चस्तरीय समन्वय समितिलाई निर्देशनसमेत दिएका एक मन्त्रीले अर्थ सरोकारलाई बताए बताए । ‘यति धेरै बैंक किन खोल्न दिएको ? केहि खोलेर बाँकी बन्द गर्न लगाउनूस्…’ प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई प्रतिप्रश्न गरेको उनको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले उच्चस्तरीय समितिको सुझावका आधारमा बैङ्क तथा वित्तीय संस्था र अत्यावश्यक सेवाका उद्योगहरू खोल्न दिइँदा लकडाउन औचित्यहीन भएको बताएका थिए । उनले अब यसरी हुँदैन भन्दै कडा कदम चाल्न निर्देशन दिएको मन्त्रीहरूले बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्