- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले १० अर्ब ३१ करोड ८० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो खुद बीमाशुल्क गत वर्षको सोहि अवधिको तुलनामा १७.२७ प्रतिशतले बढी हो। गत वर्षको यहि अवधिमा कम्पनीले ८ अर्ब ७९ करोड ५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
कम्पनीको खुद बीमाशुल्क बढेकोले गर्दा खुद नाफा पनि बढेको छ। कम्पनीको खुद नाफा ५ लाख रुपैयाँले बढेर १० करोड ७६ लाख रुपैयाँ पुगेको छ। गत वर्षको यही अवधिमा इन्स्योरेन्सले १० करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
यो तेश्रो त्रैमाससम्ममा कम्पनीले लगानी, कर्जा तथा अन्य आयबाट ३ अर्ब ४३ करोड ३ लाख रुपैयाँ, पुर्नबीमा कमिशन बापत १ करोड १३ लाख ८१ हजार र बीमालेख धितोमा १२ अर्ब ६२ करोड २७ लाख रुपैयाँ कर्जा लगानी गरेर ९० करोड ९७ लाख रुपैयाँ आम्दानी गरेको विवरणमा उल्लेख छ। प्रकाशित विवरण अनुसार कम्पनीको चुक्ता पूँजी २ अर्ब १ करोड रुपैयाँ छ भने जगेडा कोषमा ५० करोड ६१ लाख रुपैयाँ रहेको छ । कम्पनीको जीवन बीमा कोषमा ६३ अर्ब ६७ करोड ५० लाख र महाविपत्ती कोषमा २३ करोड ६२ लाख रुपैयाँ सञ्चित छ।
कुल ७ लाख २८ हजार २९३ बीमालेख कायम रहेको इन्स्योरेन्सले १० अर्ब ३७ करोड ९४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यस अवधिमा ११ हजार ९२१ वटा दाबी बापत २ अर्ब ७६ करोड २२ लाख रुपैयाँ भुक्तानी गरेको छ भने २३ करोड ४७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।
इन्स्योरेन्सको प्रतिशेयर आम्दानी वार्षिक ५ रुपैयाँ ३५ पैसा, प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ९० पैसा र मूल्य आम्दानी अनुपात २१२.३९ गुणा रहेको विवरणमा उल्लेख छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्