×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Q3 Report: मेट लाईफ इन्स्योरेन्सको नाफा २१ करोड ६८ लाख २० हजार रुपैयाँ, अधिकांस सूचकहरु उत्साहजनक !

PRIME CA

Q3 Report: मेट लाईफ इन्स्योरेन्सको नाफा २१ करोड ६८ लाख २० हजार रुपैयाँ, अधिकांस सूचकहरु उत्साहजनक !

१ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – मेट लाईफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७६/७७को तश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले २१ करोड ६८ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यहि अवधिमा कम्पनीले २० करोड ४६ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
यस्तै, कम्पनीको खुद बीमा शुल्क तथा जीवन बीमा कोषमा रकम बृद्धि भएको छ । अमेरिकन जीवन बीमा कम्पनीको नेपालस्थित शाखा कार्यालयले चालु आर्थिक वर्षमा २५ करोड रुपैयाँले जीवन बीमा रकम वृद्धि गर्न सफल भएको छ । प्रकाशित विवरण अनुसार कम्पनीले तीन अर्ब २१ करोड ९१ लाख सात हजार रुपैयाँ खूद बीमा शुल्क आर्जन गरेको छ । गत वर्ष जम्मा दुई अर्ब ९६ करोड ५४ लाख ७८ हजार रुपैयाँ आर्जन गरेको थियो । 
कम्पनीको जीवन बीमा कोषमा झण्डै डेढ अर्ब रुपैयाँ थप भएको छ । गत चैत्र मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषमा १७ अर्ब ८३ करोड ६६ लाख ९३ हजार पुगेको छ । अघिल्लो वर्ष १६ सोही अवधीमा १६ अर्ब ३४ करोड २१ लाख ४९ हजार रुपैयाँ रहेको छ । त्यस्तै जगेडा कोषमा दुई अर्ब २९ करोड ५० लाख १० हजार रुपैयाँ दाखिला गरेको छ भने महाविपत्ति कोषमा २० करोड ५७ लाख ८० हजार रुपैयाँ जम्मा गरेको छ । जीवन बीमा कम्पनीको मुनाफा भने लेखा परिक्षणको क्रममा बीमाङ्कीय मूल्याङ्कनको क्रममा हेरफेर हुनसक्नेछ ।
मेटलाईफले कूल बीमा शुल्क आर्जन तीन अर्ब ३० करोड भन्दा बढि आर्जन गरेको छ भने दुई अर्ब आठ लाख ५० हजार रुपैयाँ दावी भुक्तानी गरेको छ । त्यस्तै कम्पनीले अझै ६२ करोड ८९ लाख ५२ हजार रुपैयाँ दावी भुक्तानी गर्न बाँकी छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: