×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खुम्चियो कुल लगानी, १८ खर्ब ८९ अर्ब २६ करोडमा सीमित

PRIME CA
GLOBAL IME BANK

खुम्चियो कुल लगानी, १८ खर्ब ८९ अर्ब २६ करोडमा सीमित

१४ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । आर्थिक वर्ष २०७६/७७ मा ३.४%ले लगानी घटेको छ । गत वर्ष लगानी १९.२%ले बढेको थियो । तर, यो वर्ष लगानी खुम्चिएर १८ खर्ब ८९ अर्ब २६ करोडमा सीमित हुने भएको छ । आर्थिक सर्वेक्षण २०७६/७७ अनुसार कोरोना रोगको नियन्त्रण र रोकथामको लागि चालिएको कदमबाट सार्वजनिक तथा निजी क्षेत्रको लगानीमा संकुचन आएको हो ।

गत वर्ष कुल गार्हस्थ्य उत्पादनसँग कुल लगानीको अनुपात ५६.६% रहेकोमा यो आर्थिक वर्षमा संकुचन आएर ५०.२% मा झरेको छ ।
कुल गार्हस्थ्य उत्पादनसँग कुल स्थीर पुँजी निर्माणको अनुपात ३३.७% बाट झरेर २८.१ प्रशितमा आईपुग्ने अनुमान छ । यो वर्ष कुल आर्थिक पुँजीको निर्माण ९% ले घटेर १० खर्ब ५९ अर्ब ९७ करोड हुने अनुमान छ । यो वर्ष कुल स्थिर पुँजीको निर्माणमा निजी क्षेत्रको अंश ७७.९% र सरकारीको २२.१% हुने अनुमान छ । गत वर्ष निजी क्षेत्रको ७९.७% र सरकारीको अंश २०.३% थियो ।
यो वर्ष कुल गार्हस्थ्य उत्पादनमा बचतको अनुपातमा पनि कमी आउनेछ । गत वर्ष १८.९% रहेको यस्तो अनुपात यो वर्ष १८.१% हुने अनुमान छ । लगानी मात्रै हैन, यो वर्ष बचत र लगानीको अन्तरमा पनि कमी आएको छ । गत वर्ष ३७.६% अन्तर रहेकोमा यो वर्ष ३२.१% हुने अनुमान छ । यो वर्ष कुल लगानीमा कमी भएपनि कुल गार्हस्थ्य बचतमा वृद्धि भएकाले यस्तो अन्तर कम भएको हो ।
गत वर्षहरुमा उच्च रहेको कुल गार्हस्थ्य बचत र लगानीबीचको अन्तरमा यो वर्ष कमी आएको हो । गत वर्ष विप्रेषण आयको वृद्धिदर उच्च भएकाले कुल राष्ट्रिय बचत वृद्धि भएर कुल गार्हस्थ्य उत्पादनको अनुपात ४८.९% थियो । तर यो वर्ष यस्तो अनुपात ४६% हुने अनुमान सरकारले गरेको छ ।
कारोनाको असरले अन्तर्राष्ट्रिय उडानमा लागेको प्रतिवन्ध ले पर्यटक आगमन रोकिएको र विप्रेष आप्रवाह कमा कमी आएकले कुल राष्ट्रिय बचतमा चाप परेको हो । कुल राष्ट्रिय बचत र कुल लगानीबीचको अन्तर भने ४ वर्षदेखि नै ऋणात्मक छ । यो वर्ष यस्तो अन्तर ४.२% छ । गत वर्ष ७.७% थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: