
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल राष्ट्र बेंकले लकडाउनमा बैंक सञ्चालन गर्न ‘बैंकको सेवा सञ्चालन मार्गदर्शन, २०७७’ जारी गरेको छ । केन्द्रिय बैंकले लकडाउनकाे अवधिमा बैंककाे सेवालाई निरन्तरता दिँदा बैंकका कर्मचारी सेवाग्राही तथा सरोकारवालाहरुको स्वास्थ्यमा पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै यस्ता जाेखिम न्यूनीकरण गर्न उक्त मार्गदर्शन जारी गरेको हाे ।
बैंकका कर्मचारी, सेवाग्राही, बैंकलाई सरसामानकाे आपूर्ती गर्ने आपूर्तीकर्ता एवम् सेवा प्रदायक लगायत सराेकारवाला सबैमा संक्रमण फैलन सक्ने जाेखिम न्यूनीकरण गर्ने गरी बैंककाे अत्यावश्यक सेवा नियमित रूपमा सम्पादन गर्नु यस मार्गदर्शनकाे मुख्य उद्देश्य रहेकाे बैंकले जनाएकाे छ ।
सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा रहने बैंकिङ्ग तथा मुद्रा व्यवस्थापन सम्बन्धी कार्य सञ्चालन गर्दा न्युनतम भौतिक दुरी कायम गरी अनिवार्य रुपमा ग्लोभ्स र मास्क लगाई सेवा प्रदान गर्नुपर्ने, सम्भव भएसम्मका कामहरु घरबाटै गर्ने व्यवस्था मिलाउनुपर्ने, घरबाट काम गर्ने स्वीकृति प्राप्त कर्मचारीहरुले निरन्तर रुपमा आफ्ना सुपरिवेक्षक तथा विभाग, कार्यालय, इकाइका प्रमुखसँग सम्पर्कमा रहनुपर्ने, सेवाग्राहीहरुमा दुरी कायम गर्न रेखाङ्कन तथा क्यु रडको व्यवस्थापन गर्नुपर्ने, बैंक प्रवेश गर्दा अनिवार्य रुपमा इन्फ्रारेड थर्मोमिटरबाट शरिरको तपक्रम मापन गर्न लगाउने र कार्यलय प्रवेश गर्ने हरेक सेवाग्राहीले अनिवार्य मास्क प्रयोग गरेको हुनुपर्ने, बैंक तथा वित्तीय संस्थाबाट नगद दाखिला बुझिलिँदा सुरुमा शिलबन्दी बाक्सा नै बुझिलिने र केहि दिनपछि मात्र गणना गरी बुझिलिने व्यवस्था गर्नुपर्ने लगायतका कुराहरू उक्त मार्गदर्शनमा उल्लेख गरिएकाे छ ।
बैंकले जारी गरेकाे ‘बैंकको सेवा सञ्चालन मार्गदर्शन, २०७७’ यस प्रकारकाे छ :





Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्