
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले चालु आर्थिक बर्षको तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले २ अर्ब ४९ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको तुलनामा २.७३ प्रतिशत कम हो । गत वर्षको यसै अवधिमा बैंकले २ अर्ब ५६ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। चैत मसान्तसम्म बैंकले १ खर्ब ५६ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा १ खर्ब ३८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १ खर्ब ४९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो।
यस अवधिमा बैंकले २४ करोड ७१ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ। यो गत आर्थिक वर्षको तुलनामा ८२.८० प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको तुलनामा बैंकको खुद ब्याज आम्दानी ७.६५ प्रतिशत घटेर ४ अर्ब ५३ करोड रुपैयाँमा खुम्चिएको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ४ अर्ब ९१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। यता सञ्चालन नाफा पनि ३.३० प्रतिशतले घटेरे ३ अर्ब ५६ करोड रुपैयाँमा खुम्चिएको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ३ अर्ब ६८ करोड रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।
साधारण सभामै कुटाकुट चल्ने ‘असाधारण’ बैंकको रुपमा चर्चा बटुल्दै गएको बैंकको खर्च पनि बढ्दै गएको छ। यस अवधिमा बैंकको कर्मचारी खर्च १ अर्ब १२ करोड रुपैयाँबाट बढेर १ अर्ब १५ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, अन्य सञ्चालन खर्च पनि ५४ करोड रुपैयाँबाट बढेर ६१ करोड रुपैयाँ पुगेका छ। विवरणअनुसार बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ७९ पैसा घटेर २३ रुपैयाँ ३८ पैसा कायम भएको छ। बैंकको प्रतिशेयर नेटवर्थ भने १९० रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १५.९५ गुणा रहेको छ । १४ अर्ब २४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ११ अर्ब ५७ करोड रुपैयाँ छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्