×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सातै प्रदेशका फोटो समाचार : अर्थ समितिमा बैंकर संघको छलफल, शताब्दी पुरुष जोशीले मनाए १०१औँ जन्मदिन

काठमाडौँ – देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । सातै प्रदेशमा आज के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले अर्थ समितिमा बैंकर संघको छलफलदेखि शताब्दी पुरुष सत्यमोहन जोशीले १०१औँ जन्मदिन मनाएसम्मका दृश्यको फोटो समाचार समेटेका छौं ।

हेरौं सातै प्रदेशका फोटो समाचार :
संघीय संसद, अर्थ समितिको मङ्गलबार सिंहदरबारमा बसेको बैठकमा मक्तव्य व्यक्त गर्दै बैकिङ्ग क्षेत्रका अनिलकेशरी शाह । बैठकमा कोरोना भाइरसले अर्थतन्त्रणमा पारेको प्रभाव, आगामी आवाको बजेटका प्राथमिकतालगायतका समसामियक विषयमा बैकिङ्ग क्षेत्रसँग छलफल भएको थियो । 
वाङ्गमय  शताब्दी पुरुष सत्यमोहन जोशीको १०१औँ जन्मदिवस मङ्गलबार ललितपुरको मङ्गलबजारमा मनाइँदै ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सोमबार कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकमा  ।
बालमैत्री स्थानीय शासन घोषणाको अन्तिम चरणमा पुगेको भीरकोट नगरपालिकाले नगरका नौ वटै वडाहरुमा रहेका बाल सञ्जाललाई निर्णय पुस्तिका तथा अन्य सामग्रीहरुलाई सुरक्षित राख्नका लागि बाकस प्रदान गर्नुहुँदै भीरकोट नगर प्रमुख छायाराम खनाल ।
सङ्घीय संसद्को छैटौँ अधिवेशनमा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रममा सहभागी हुने भएपछि उपराष्ट्रपति नन्दबहादुर पुनको स्वाब सङ्कलन गर्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँका कर्मचारी । आगामी जेठ २ गते सङ्घीय संसद्मा नयाँ आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ । 
कञ्चनपुरको वन्साशाहास्थित इलाका वन कार्यालयको परिसरमा वृक्षरोपणका लागि तयार गरिएका लिप्टीसका विरुवा । वन कार्यालयको नर्सरीमा दुईलाख बढी लिप्टीसका विरुवा तयार गरिएका छन ।
कञ्चनपुरको झलारी बजारमा हावाहुरीले ढलाएर तोडेका विद्युतका पोलका ठाउँमा नयाँ पोल ठड्याउँदै नेपाल विद्युत प्राधिकरणका कर्मचारी । हावाहुरीले विद्युतका पोलहरु ढालेपछि दुई दिनदेखि कञ्चनपुरको विद्युत सेवा अवरुद्ध हुँदै आएको छ ।
संघीय संसद, अर्थ समितिको मङ्गलबार सिंहदरबारमा बसेको बैठक । बैठकमा कोरोना भाइरसले अर्थतन्त्रणमा पारेको प्रभाव, आगामी आवाको बजेटका प्राथमिकतालगायतका समसामियक विषयमा बैकिङ्ग क्षेत्रसँग छलफल भएको थियो । 
सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत र महानगरीय प्रहरी बृत्त जगातीका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीको नेतृत्वमा भक्तपुर र काभ्रेको सिमाना साँगामा सवारी साधनको अनुगमन गर्ने क्रममा गलत समयमा आएकोसवारी साधन फर्काइँदै । विभिन्न जिल्लाबाट आएका मानिस साँगाबाट भक्तपुर प्रवेश गर्ने गुनासो आएपछि अनुगमन गरिएको हो । 
नवलपरासी  ९बर्दघाट सुस्ता पश्चिम० प्रतापपुर–६ कठहवा स्थित नेपाल भारत सीमा नाका दशगजा क्षेत्रमा सुरक्षा गर्दै दुबै देशका सुरक्षाकर्मी । 
आफ्नो जन्मभूमि व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करका स्थानीयवासी गाउँ जाने बाटो नभएको भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलामा पशुचौपायासहित । छ महिना सदरमुकाम खलङ्गा र छ महिना व्यास उक्लिने दार्चुलाका व्यासीले गाउँ फर्किन आफ्नो भूमि भएर बाटो नभएको भन्दै पशुचौपायासहित जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका हुन् । वैशाख पहिलो साता कुञ्चा सर्ने व्यासीहरु विगतमा भारतीय मार्ग हुँदै जाने गरेकामा लकडाउनका कारण  भारतीय भूमि भएर गाउँ जान पाएका छैनन् । नेपालतिरको बाटो मर्मत नहुँदा व्यासीहरु खलङ्गामा समस्यामा परेका छन् ।
विराटनगर प्रवेशद्वार क्षेत्रमा बन्दाबन्दीको समयमा मङ्गलबार सवारी साधन सञ्चालन गरेकोमा आवश्यक कागजात जाँच गर्दै सुरक्षाकर्मी ।
तल्लो डोल्पामा विकास निर्माणका काममा प्रयोग गर्नका लागि जाजरकोट सदरमुकामबाट लिँदै गरेको पेटालियम पदार्थ । 
पोखराको केआईसिङ पुलमा ट्राफिक नियम उल्लङ्घन गर्दै सवारी चालकलाई कारवारी गर्दै ट्राफिक प्रहरी । बन्दाबन्दीमा नियम उल्लङ्घन गरेर सवारी चलाउनेलाई प्रहरीले कडा निगरानी गरेको छ । 
पोखरा महानगरपालिका–१५ टुटुङगामा गोलभेँडा खेतीको रेखदेख गर्दै युवा । बैदेशिक रोजगारबाट फर्केका उनीहरुले १४ रोपनी जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेती सुरु गरेका हुन् ।
अन्तरराष्ट्रिय नर्सिङ दिवसको अवसरमा मङ्गलबार दाङको दङ्गीशरण गाउँपालिकास्थित हेकुली स्वास्थ्य चौकीमा कार्यरत नर्सिङ स्टाफहरूलाई सम्मान गरिँदै ।
लकडाउनका कारण सवारीसाधन नचल्दा जुम्ला–कालिकोट सडकमा पशुचौपाया । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: