×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Q3 Report : प्रभु इन्स्योरेन्सको खुद नाफा १५ करोड २२ लाख रुपैयाँ, अन्य सूचकको कस्तो छ अवस्था ? (विवरणसहित)

PRIME CA

Q3 Report : प्रभु इन्स्योरेन्सको खुद नाफा १५ करोड २२ लाख रुपैयाँ, अन्य सूचकको कस्तो छ अवस्था ? (विवरणसहित)

२ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – प्रभु इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले १५ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै अवधिको तुलनामा एक करोड २० लाख रुपैयाँले बढी हो । गत वर्षको सोहि अवधिको तुलनामा कम्पनीले १४ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा कम्पनीले ४३ करोड ४० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले ३९ करोड ५४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । प्रकाशित विवरण अनुसार पुनर्बीमा कमिशनबाट ११ करोड ३३ लाख, लगानी, कर्जा तथा अन्यआयबाट २ करोड ८६ लाख रुपैयाँ आम्दानी गरेको छ ।
एक अर्ब ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा २३ करोड ३ लाख रुपैयाँ, बीमा कोषमा ६५ करोड ३३ लाख रुपैयाँ र महाविपत्ती कोषमा ९ करोड २५ लाख रुपैयाँ सञ्चित छ । कम्पनीले ५० हजार ७७७ बीमालेख जारी गरी एक अर्ब २० करोड ९५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ भने  १३ हजार ६८८ वटा बीमालेखहरु नविकरण भएका छन् ।
कम्पनीले कुल ५ हजार ६३५ दाबी बापत २० करोड ५६ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ९६९ दाबी बापत १६ करोड ३८ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । यस अवधिमा इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी वर्षिक २० रुपैयाँ २० पैसा, प्रतिशेयर नेटवर्थ १९७ रुपैयाँ र मूल्य आम्दानी अनुपात २४ गुणा रहेको विवरणमा उल्लेख छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: