- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । प्रोग्रेशिभ फाईनान्सले आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार फाईनान्सले २० लाख रुपैयाँ नोक्सनी व्यहोर्नु परेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाईनान्सले दुई करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । फाइनान्सको इम्पेरिमेन्ट चार्ज बढ्दा तथा खर्च व्यवस्थापन गर्न नसक्दा नोक्सानी व्यहोर्नु परेको हो ।
चैत मसान्तसम्ममा फाइनान्सको ईम्पेरिमेन्ट चार्ज तीन करोड ५५ लाख रुपैयाँ रहेको छ भने कर्मचारी खर्च २ करोड ३५ लाख रुपैयाँ र अन्य सञ्चालन खर्च दुई करोड १६ लाख रुपैयाँ गरेको देखिन्छ।
फाईनान्सले ७ करोड ५९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत आवको सोही अवधिमा फाईनान्सले ४ करोड १२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । साथै यस अवधिसम्ममा फाइनान्सको सञ्चालन मुनाफा दुई करोड ८ लाख रुपैयाँ ऋणात्मक रहेको छ। यो गत आवको सोही अवधिसम्ममा फाईनान्सको सञ्चालन मुनाफा ३ करोड ४६ लाख रुपैयाँ धनात्मक रहेको थियो।
यो तेश्रो त्रैमाससम्ममा संस्थाले १ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब १७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । हाल संस्थाको चुक्ता पूँजी ८० करोड रुपैयाँ रहेको छ । गत चैत मसान्तसम्ममा ३.३९ प्रतिशत रहेको फाईनान्सको निष्कृय कर्जा अनुपात घटेर २.९८ प्रतिशतमा झरेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्