- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सगरमाथा इन्स्योरेन्सको चालु आर्थिक वर्षको तेश्रो त्रैमसको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा १७ करोड ४१ लाख ३० हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्ष सोहि अवधिको तुलनामा १.२८% धेरै हो । गत वर्ष यस इन्सुरेन्सले १७ करोड १९ लाख १३ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यता खुद बिमा शुल्क आय भने केहि घटेको छ । कम्पनीको खुद बिमा शुल्क ११.०६% ले घटेर ७४ करोड ३६ लाख १४ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्ष यसले ८३ करोड ६१ लख २५ हजार रुपैयाँ खुद बिमा शुल्क कमाएको थियो । यसअवधिमा सगरमाथाले ८० करोड ८३ लाख ९९ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ भने भुक्तानी हुन बाँकी रहक ९६ करोड ११ लाख ४० हजार रुपैयाँ रहेको छ ।
यो तेश्रो त्रैमाससम्म कम्पनीको बिमा कोषको आकार भने २७.१२%ले बढेर ६२ करोड १३ लाख ५२ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यसको बिमा कोषमा ४८ करोड ८७ लाख ९१ हजार रुपैयाँ रहेको थियो । गत वर्ष २० करोड ८६ लाख ४५ हजार रुपैयाँ रहेको पुनर्बिमा कमिसन यस वर्ष २३ करोड ३ लाख ७४ हजार रुपैयाँ रहेको छ ।
चैत मसान्तसम्म आइपुग्दा यस कम्पनीको प्रतिसेयर आम्दानी २३ रुपैयाँ २९ पैसा र प्रतिसेयर नेटवर्थ २०७ रुपैयाँ ६५ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्