- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – संग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकले २२ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ७.६९%ले कम हो । गत वर्षको यहि अवधीको २४ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । प्रकाशित विवरण अनुसार बैंकको वितरणयोग्य नाफा भने ९० लाख ३१ हजार रुपैयाँ मात्र रहेको छ।
यस्तै बैंकको खुद ब्याज आम्दानी साढे १२ करोड रुपैयाँले बढेर ८२ करोड १३ लाख रुपैयाँ पुगेको हो । गत वर्षको यसै अवधिमा बैंकको खुद ब्याज आम्दानी ७० करोड ९४ लाख रुपयाँ रहेको थियो । यता, बैंकको सञ्चालन नाफा भने ३४ करोड ७२ लाख रुपैयाँबाट घटेर ३२ करोड ३१ लाख रुपैयाँमा सिमित रहेको छ। बैंकको खुद ब्याज आम्दानी बढेपनी सञ्चालन नाफा घट्दा खुद नाफा घटेको हो ।
बैंकको खुद नाफा घट्दा प्रति सेयर आम्दानी पनि घटेको छ । गत वर्षको यसै अवधिमा १२ रुपैयाँ ४४ पैसा रहेको प्रतिशेयर आम्दानी घटेर ११ रुपैयाँ ४८ पैसामा झरेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १२७ रुपैयाँ ५३ पैसा र मूल्य आम्दानी अनुपात १२.४५ गुणा रहेको छ।
२ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोष ४९ करोड ४९ लाख रुपैयाँबाट बढेर ७० करोड ८६ लाख रुपैयाँ पुगेको छ । बैंकको निक्षेप संकलन १९ अर्ब ४२ करोड रुपैयाँबाट बढेर २५ अर्ब २६ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी १९ अर्ब रुपैयाँबाट बढेर २२ अर्ब ८० करोड रुपैयाँ पुगेको छ। बैंकको खराब कर्जा सामान्य बढेर १.१० प्रतिशत पुगेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्