×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकको तेश्रो त्रैमास : खुद नाफा घट्यो, वितरणयोग्य मुनाफा ऋणात्मक, अन्य सूचकको अवस्था कस्तो ?

PRIME CA

सनराइज बैंकको तेश्रो त्रैमास : खुद नाफा घट्यो, वितरणयोग्य मुनाफा ऋणात्मक, अन्य सूचकको अवस्था कस्तो ?

३० बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाण्डौ – सनराइज बैंकले आर्थिक वर्ष २०७५/७६ को तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्बजनिक गरेको विवरण अनुसार बैंकले खुद नाफा ९३ करोड ५२ लाख रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा  २३.७१%ले कम हो । गत वर्ष बैंकले १ अर्ब २२ करोड ६० लाख ९८ हजार रुपैयाँ नाफा कमाएको थियो । चैत मसान्तसम्म आइपुग्दा बैंकको वितरणयोग्य नाफा १७ करोड ५५ लाख रुपैयाँले ऋणात्मक भएको छ ।

बैंकको खुद ब्याज आम्दानी बढेको छ भने सञ्चालन नाफा घटेको छ ।  बैंकको खुद ब्याज आम्दानी १३.२६% ले बढेर २ अर्ब ९९ करोड ४३ लाख ९१ हजार रुपैयाँ पुगेको छ । गत वर्ष बैंकको खुद ब्याज आम्दानी २ अर्ब ६४ करोड रुपैयाँ रहेको थियो। सञ्चालन नाफा २३.८९% ले घटेर १ अर्ब ३३ करोड ४६ लाख ६२ हजार रुपैयाँमा सीमित भएको छ ।

यो चैतमसान्तसम्ममा बैंकले ८६ अर्ब ३५ करोड रुपैयाँ निक्षेप संकलन गरी ८० अर्ब १४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको जगेडा कोष  २५.७२%ले बढेको छ । गत वर्ष २ अर्ब ८१ करोड रुपैयाँ रहेको रिजर्भमा बढेर ३ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ।
बैंकको खराब कर्जा र आधार दर भने घटेको छ । यी दुवै क्रमशः १.३२% र १०.०२% मा झरेका छन् । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १३.९१ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात (पीई रेसियो) १६.७६ गुणा रहेको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: