- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – सूर्या लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले १८ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ४ करोड ९६ लाख रुपैयाँ बढी हो। गत आर्थिक वर्षको यहि अवधिमा १३ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
यस्तै, कम्पनीले १ अर्ब ७७ करोड २ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १८.२४% बढी हो। गत वर्षको यहि अवधिमा कम्पनीले एक अर्ब ४९ करोड ७१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
यो तेश्रो त्रैमाससम्मा कम्पनीले लगानी कर्जा तथा अन्यबाट ४७ करोड ८९ लाख रुपैयाँ र बीमालेख धितोमा कर्जाबाट ४ करोड २८ लाख रुपैयाँ आम्दानी गरेको छ। २ अर्ब १५ करोड ५१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ६० करोड २ लाख ५६ हजार रुपैयाँ, जीवन बीमा कोषमा ६ अर्ब ६४ करोड ३ लाख र महाविपत्ति कोषमा १० करोड १६ लाख रुपैयाँ सञ्चित छ ।
कम्पनीले चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा ४ लाख २३ हजार ६१ बीमालेख जारी गरी १ अर्ब ८० करोड ५ लाख रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको छ। कम्पनीले ७८४ दाबी बापत २९ करोड १९ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ५३५ दाबी बापत ४ करोड ४८ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ।
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ११ रुपैयाँ ५५ पैसा, प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ ५४ पैसा र मूल्य आम्दानी अनुपात ३२.६४ गुणा छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्