- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । कार्यक्रम ‘अव जनता बोल्छन्’ सार्वजनिक भएको छ । पब्लिक न्युज एजेन्सीको निर्माणमा तयार भएको उक्त कार्यक्रमको पहिलो अंक सार्वजनिक भएको हो । कार्यक्रमको पहिलो अंकमा पर्यटन व्यवसायीका समस्या, सडकका समस्या, सुकुम्बासी बस्तीका समस्या, लगायत विभिन्न समस्याहरुलाई उजागर गरिएको छ ।
कार्यक्रम पत्रकार माधव गुरागाईंले सञ्चालन गरेका छन् भने कार्यक्रम प्रशारण अधिकार नेपाल आज, अर्थ सरोकार र हाम्रो पात्रोलाई दिइएको छ । कार्यक्रम निर्माण युनिटका अनुसार यो कार्यक्रम हरेक बुधबार, शुक्रबार र सोमबार बेलुकी ७:४५ बजे अर्थ सरोकार, नेपाल आज र हाम्रो पात्रोमार्फत हेर्न सकिन्छ ।
‘हामी सहि अर्थमा जनताका कुरा सरकारलाई सुनाउने अभियानमा छौं । जनताका समस्या अनावश्यक नाचिच्याई, कसैको मानमर्दन नगरी सरकारलाई सुनाउने हाम्रो अभियानको पहिलो खुड्किलोमै हामीले जनताको अपार माया पाएको महसुस गरेका छौं ।’ कार्यक्रम सञ्चालक एवम् निर्माता माधव गुरागाईंले भने, ‘हामी कार्यक्रमलाई थप परिस्कृत बनाउँदै लैजाने प्रयासमा छौं ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्