×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘कोरोना रिमुभिङ कार्ड’ वितरण गर्ने कम्पनीले दियो स्पष्टिकरण, ‘म साइन्टिस्ट होइन, म त एउटा व्यापारी हुँ’ (भिडियो)

PRIME CA
GLOBAL IME BANK

‘कोरोना रिमुभिङ कार्ड’ वितरण गर्ने कम्पनीले दियो स्पष्टिकरण, ‘म साइन्टिस्ट होइन, म त एउटा व्यापारी हुँ’ (भिडियो)

१४ असार २०७७, आईतवार

पढ्न लाग्ने समय: < २ मिनेट

  • अर्थ सरोकार मल्टीमिडिया ब्यूरो 
काठमाडौं । कोरोना भाइरस भगाउने जन्तर (भाइरस रिमुभिङ कार्ड) वितरण गर्ने बियोन्ड द वालट्रेडिङ प्रालिले कोरोना जन्तरको आयात आफुले नगरेको स्पस्टिकरण दिएको छ । कम्पनीका सञ्चालक विप्लब केसीले आफ्नो नाम जोडिएर आयात गरिएको हाल्ला बजारमा आएको तर आफ्नो कम्पनीले विक्री वितरणका लागि मार्केटिङ मात्र गरेको बताउनुभयो । उहाँले कुनै अर्को फर्मले आयात गरेको समानलाई आफुले विक्री वितरण गरेको स्पस्ट पार्नुभयो । उहाँले कार्डले मानव स्वास्थ्यमा कस्तो असर पार्छ भन्ने विषयमा आफुलाई कुनै थाहा नभएको र आयातित वस्तु सर्टिफाइड प्राप्त हो कि होइन भन्ने हेरेर मात्रै विक्री वितरण गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो ‘म डक्टर पनि होइन्, म साइन्टिस्ट पनि होइन म त एउटा व्यापारि हुँ । मलाई यसमा सर्टिफिकेसन के छ यो एफटिए एप्रुभ हो कि होइन भन्ने कुरा मैले सोधे, एउटा के क्लियर हो भने यो बियोन्ड द वल्र्ड ट्रेडिङ्ले आयात गरेको भन्ने कुरा आइराखेको छ । त्यहाँ अलिकित मिसलिड भएको देखेको छु अनि अलिकित कन्फ्युजन पनि भयो होला सायद मैले बोलेका मिडियाहरुमा । मैले सामानहरु आयात गरिएको छैन् । यो अर्को पार्टीले गरेको अर्को पार्टी भनेको अर्को फर्म हो । मैले मेरो नाम जोडिएर अहिले सम्म चाइनाबाट केहीपनि आयात गरेको छैन् । 
अमेरिकी सर्टिफिकेट फुड एण्ड ड्रग्स एडमिनिस्ट्रेसन (एफडिए) र युरोपियन युनियनले दिएको सर्टिफिकेट रेष्ट्रिक्सन अफ ह्याजरेस सबस्ट्राक्सन (आरओएजएस) लगायतका सर्टिफिकेट उपलब्ध भएपछि मात्रै मार्केटिङ गरी विक्री वितरण गरेको केसीले स्पस्ट पार्नुभयो । उहाँले भन्नुभयो ‘एफडिए फुड एण्ड ड्रग्स एडमिनिस्ट्रेसन यो अमेरिकी सर्टिफिकेट र आरओएजएस रेस्ट्रिक्सन अफ ह्याजरेस सबस्ट्राक्सन युरोपियन युनियनले दिएको सर्टिफिकेट आयातकर्ताले उपलब्ध गराएको हुँदा यसको मार्केटिङ गरिएको बताउनुभयो ।
जन्तरले कोरोना भगाउने नभई स्यानिटइजरले हात सफा गरे जस्तै हावालाई स्यानिटाइज गर्ने काम गर्ने रहेको समेत केसीले स्पस्ट पार्नुभयो । उहाँले देश बाहिरको बजारमा चलनचल्तिमा आएको वस्तुलाई नेपालीहरुको पहुँचमा समेत होस भन्ने उद्देश्यले मार्केटिङ गरिएको बताउनुभयो । उहाँले भन्नुभयो ‘बाहिरतिर चलनचल्तीमा आएको चिज रैछ । नेपालीको किन यसमा पहुँच नपुर्याउने भनेर हामीले यसको मार्केटिङ गर्यौ । मार्केटिङ्मा बाहिर मार्केटमा भनेको जस्तो कोरोना भाइरस रिमुभिङ कार्ड भनेर गरेका पनि छैनौं । त्यो सहि कुरा पनि हैन् । भाइरस रिमुभिङ कार्ड भनिसकेपछि यसमा भएको केमिकल क्लोरिङ डाइअक्साइड अनि अरु दुई तीनवटा छन् । भाइरसलाई डिस्ट्रोएड गर्ने क्षमता राख्दछ भन्ने कुराचाहिं यो आएको छ ।’
आयात भइसकेको वस्तु सर्टिफाइड छ भने वितरण गर्न पाइन्छ भन्ने भएर नै बजारमा ल्याइएको उहाँले स्पस्ट पार्नुभयो । उहाँले यो कार्डले मुटु, फोक्सो लगायतमा असर गर्छ भन्ने कुरा बजारमा आएको र त्यो सत्य नभएको बताउनुभयो । केही हदसम्म असर गर्ने भएपनि मापदण्ड भन्दा माथि नभएको स्पस्ट पार्नुभयो । उक्त कार्ड ६ सय रुपैयाँमा किनेर ६ सय २५ रुपैयाँदेखि ७ सय रुपैयाँ सम्ममा विक्री गरेको उहाँले बताउनुभयो ।
उक्त कार्डमा क्लोरिन डाइअक्साइड, जियोलाइट, ग्यासस्टेन्ट रिलिजड लगायतका केमिकलहरु प्रयोग भएको बताउनुभयो । बजारमा स्वास्थ्य मन्त्रालयको स्वीकृति बिना विक्री वितरण गरेको भन्ने विषयमा भने केसीले आयात गर्ने बेलामा नरोकेर विक्री वितरण गर्ने बेलामा रोक्न खोज्नु उचित नभएको बताउनुभयो । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: