- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मंगलबार अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार अमेरिकी डलर एकको खरिददर १२२ रुपैयाँ ६४ पैसा तोकिएको छ । यस्तै, बिक्रीदर १२३ रुपैयाँ २४ पैसा रहेको छ । सोमबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ६४ पैसा र बिक्रीदर १२१ रुपैयाँ २४ पैसा रहेको थियो । युरोपिएन युरो एकको खरिददर १३२ रुपैयाँ ८७ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५२ पैसा निर्धारण गरेको छ ।
यस्तै, नेपाल राष्ट्र बैंकले पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७१ पैसा तोकको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९ पैसा र बिक्रीदर २८ रुपैयाँ ०४ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ८५ पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३३ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५५ पैसा रहेको छ ।
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्