
- अर्थ सरोकार सुदुरपश्चिम ब्युरो
धनगढी । देशभर कोरोना कहरले जनजीवन आक्रान्त छ । उद्योगी व्यवसायीहरुका सामाजिक उत्तरदायित्वको चर्चा यहि बेला बढी छ । तर टिकापुर उद्योग वाणिज्य संघका कोषाध्यक्ष भने जुवा खालमा व्यस्त छन् भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर यो सत्य हो । टिकापुर उद्योग वाणिज्य संघका कोषाध्यक्ष जुवा खालबाट पक्राउ परेका छन् । प्रहरीले झण्डै ९ लाख नगद सहित ७ जना जुवाडे प्रकाउ परेका गर्दा उनी पनि एक परेका हुन् । जिल्लाको घोडाघोडी नगरपालिकाबाट ८ लाख ९३ हजार ५० रुपँया नगद सहित ७ जना जुवाडेलाई बिहिबार बेलुका प्रहरीले पक्राउ गरेको हो।
सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान समुह र ईलाका प्रहरी कार्यालय सुखडको टोलीले उनीहरुलाई प्रकाउ गरेको हो। जिल्लाको घोडाघोडी नगरपालिका १ सुखडको करण थापाको घरमा तास खेल्दै गरेका धनगढी उप–महानगरपालिका ३ बिशालनगरका ३८ बर्षीय तुलाराम अधिकारी, जानकी गाउँपालिका १ बस्ने ३२ बर्षीय कमल चौधरी, लम्किचुहा नगरपालिका ४ बस्ने ४० बर्षीय नवल बुढा, टिकापुर नगरपालिका १ बस्ने ४० बर्षीय मोहन जोशी, बैतडीको पुर्चौडी नगरपालिका ८ बस्ने ५० बर्षीय कैलाश धामी, घोडाघोडी नगरपालिका १ बस्ने ३३ बर्षीय दिपेश ऐर र सोही ठाउँका ३२ बर्षीय अक्कल शाहीलाई पक्राउ गरीएको हो।
यसअघि टिकापुर हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ । – सम्पादक
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्