×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१२ घण्टा पनि टिकेन मोटरसाइकलमा चालकमात्र बस्न पाइने नियम, जनताको त कुरै छोडौं प्रहरीले पनि मानेनन् (फोटो-कथा)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३० जेष्ठ २०७७, शुक्रबार

PRIME CA
laxmi sunrise bank

१२ घण्टा पनि टिकेन मोटरसाइकलमा चालकमात्र बस्न पाइने नियम, जनताको त कुरै छोडौं प्रहरीले पनि मानेनन् (फोटो-कथा)

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौँ । लकडाउनको आज ८१औं दिन । सरकारले लकडाउनको नीति खुकुलो बनाएसंगै उपत्यकामा निजी सवारीसाधनको चाप निकै बढेको देखिन्छ । यद्यपि सरकारले तत्काल सार्वजनिक गाडीलाई संचालनको अनुमति दिएको छैन । बुधबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै अर्थ, संचार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले मोटरसाइकलको हकमा भने मोटरसाइकल चालक अर्थात् एक जना मात्र सवार हुन पाइने नियम बनाएको बताएका थिए । तर व्यावहारिक रुपमा निकै अफ्ट्यारो र हचुवा पाराले यो नियम जनतालेमात्र होइन प्रहरीले नै खुलेर उल्लङ्घन गरेका छन् । शुक्रबार काठमाडौँका सडकमा सरकारको नियम तोडेर सरकारी कर्मचारीदेखि प्रहरीसम्म एउटा बाइकमा दुई जना सवार भएको पाइएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: