×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकले १५ अर्ब १३ रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने, आजै दिउँसो ३ बजे बोलकबोल हुने !

PRIME CA
GLOBAL IME BANK

नेपाल राष्ट्र बैंकले १५ अर्ब १३ रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने, आजै दिउँसो ३ बजे बोलकबोल हुने !

१९ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ अर्ब १३ रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन र १ वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज दिउँसो ३ बजे बोलकबोल हुनेछ ।
बैंकले ९१ दिनको लागि ३ अर्ब १३ करोडको ट्रेजरी जारी गर्न लागेको हो  । यो ट्रेजरी भदौ १६ गते परिपक्व हुनेछ । यस्तै १ वर्षको लागि १२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी २०७८ जेठ १८ गते परिपक्व हुनेछ । सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: