×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लकडाउन खुकुलो भएपछि धनगढीका मजदुरहरुको झिनो आशा- ‘अवचाहिं भोकै मर्नुपर्दैन कि…?’ (फोटो-कथा)

  • सुदर्शन श्रेष्ठ / अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । कोरोना महामारीले सुदुरपश्चिममा धेरै क्षेत्र सिथिल भएका छन् । कोरोनाको त्रास त उस्तै छ नै, सरकारले आह्वान गरेको लकडाउनका कारण मजदुरहरु ठुलो समस्यामा परेका छन् । लकडाउनका बेला धेरैले काम गर्न पाएनन् । जसका कारण उनीहरुलाई हातमुख जोड्न नै समस्या परेको छ । विशेषगरी शहरी क्षेत्रमा बस्ने मजदुरहरुलाई झन् अफ्ट्यारो परेको छ । एकातर्फ कोरोनाको त्रास, अर्कोतर्फ भोको पेटको चिन्ता, मजदुरहरुमा पीडा नै पीडा छ यतिबेला ।
कोरोनाको त्रास घटेको छैन, तर सरकारले लकडाउन खुकुलो बनाएको छ । अघोसित रुपमा लकडाउन नै छैन भन्दा पनि फरक नपर्ला । यसले मजदुरहरुलाई थोरै आशा दिएको छ । धनगढीका गल्ली-गल्ली, चोक चोकमा भेटिने मजदुरहरुको कुरा यहि छ आजकल -‘लकडाउन खुलेपछि केहि त काम पाइएला कि ? भोकै त मर्नु पर्दैन कि !’ यसो त सरकारले दिएको राहत पनि उनीहरुको हातसम्म पर्ने गरेको छैन । सुदुरपहाडबाट धनगढी झरेर काम गरिरहेकाहरुले त झन् न राहत पाएका छन्, न काम पाएका छन् । तर बाँच्नु त छँदै छ । र थोरै भएपनि आशा पलाएको छ, काम पाउने र हातमुख जोड्ने । धनगढीमा भेटिएका केहि प्रतिनिधि मजदुर-फोटो कथा हेर्नुहोस् : 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: