×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो, एकैदिनमा ८० संक्रमित…कुन जिल्लामा कति ? (विवरणसहित)

PRIME CA

मंगलबार सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो, एकैदिनमा ८० संक्रमित…कुन जिल्लामा कति ? (विवरणसहित)

१३ श्रावण २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थसरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । सुदूरपश्चिममा मंगलबार कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा भएको परीक्षणमा ८० जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।
नियमित प्रेस ब्रिफिङ्गमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले डडेल्धुरा अस्पतालमा आज भएको परीक्षणमा ३८ जनामा संक्रमण पुष्टि भएको बताउनुभयो । डा. गौतमका अनुसार डोटीका ३५ र बझाङ जिल्लाका तीन जनामा संक्रमण पुष्टि भएको हो । त्यस्ते यता सेती प्रादेशिक अस्पतालयमा पछिल्लो २४ घण्टामा एक सय ३४ जनाको कोरोना परीक्षण भएकोमा १५ महिला र २७ पुरुष गरी ४२ जनामा संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालमा कोरोना पुष्टि भएका मध्ये डोटीको सायल गाउँपालिकाका ६ महिला र १३ पुरुष गरी १९ जना, आदर्श गाउँपालिकाका वडा नम्वर ७ का तीन पुरुष र एक महिला गरी चार जना, कैलालीको गोदावरी नगरपालिकाका सात महिला र ११ पुरुष गरी १८ जना, कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्वर ९ का दुई बर्षीया बालिकामा समेत संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिनुभयो । 
योसंगै सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार तीन सय २७ पुगेको छ । संक्रमण पुष्टि भएका दुई हजार ८ सय १९ जना डिस्चार्ज भईसकेका छन् भने नौँ जनाको मृत्यु भएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: