×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धनगढीमा यात्रुका भोका बन्दै सवारी साधन, ११ तस्विरमा हेर्नुहोस् यसरी टारिदैछ व्यवसाय…! (फोटो-कथा)

PRIME CA

धनगढीमा यात्रुका भोका बन्दै सवारी साधन, ११ तस्विरमा हेर्नुहोस् यसरी टारिदैछ व्यवसाय…! (फोटो-कथा)

१६ श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । झण्डै १ सय २० दिनको लकडाउन र केहि दिनदेखी परेको लगातारको वर्षाका कारण यातायात व्यवसायीहरु मर्कामा परेका छन् । लामो समयको बन्दाबन्दीमा थन्किएका सवारी साधनको चाप लकडाउनको अन्त्यसँगै धनगढीका बजारमा प्रसश्त मात्रामा देखिने गर्दछन् । तर विडम्बना आशावादी बनेका सवारी चालकहरु पछिल्लो तिन देखि परेको लगातारको झरीले आजित भएका छन् । 
कोरोना र लकडाउनका कारणले ३-३ महिनासम्म ठप्प बस्नुपरेपछि ठुलो घाटा बेहोर्नुपरेको धनगढीका यातायात व्यवसायीले बताउँदै आएका छन् । ‘सरकारले लकडाउनको अन्त्य गरेसँगै केही होला कि भन्ने कुरामा आशावादी बनेका छौँ’, यातायात व्यवासायी बिनोद कुँवरले भने, ‘झ्याप्प यात्रुहरु नै पाईदैनन् पाईहालेपनि भाडादरका विषयमा गुनासो मात्रै सुनाउँछन् ।’ सोहि कुरामा समर्थन जनाउँदै अर्का व्यवासायी लक्ष्मण सेठ्ठीले अन्य समयको भन्दा भाडादरमा वृद्धी भएको स्विाकार गरे । उनले भने, ‘सवारी सिटभन्दा आधा प्यासेन्जर मात्रै बोक्ने निर्देशन आएको छ सोही कारणले पनि भाडादरमा केही वृद्धी भएको हो ।’ 
यतिबेला धनगढी बजारमा सार्वजनिक यातायातका साधनको चाप अलि बढी नै देखिन थालेको छ । यसो त कोरोना महामारीका कारणपनि कतिपय यात्रुहरु सार्वजनिक सवारीमा यात्रा गर्नपनि मान्दैनन् । तर पनि झिनो आशा बोकेर धनगढीका यातायात व्यवसायीहरु सडकमा निस्किन थालेका छन् । धनगढीमा देखिएका यात्रुका भोका सवारी साधन ! हेर्नुहोस् फोटो फिचरमा…

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: