×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धनगढीमा सुनको कारोबार ह्वात्तै घट्यो, ग्राहकहरु भाउ सुन्दा तर्सेर भाग्न थाले…! (फोटो-कथा)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २१ असार २०७७, आईतवार

PRIME CA
laxmi sunrise bank

धनगढीमा सुनको कारोबार ह्वात्तै घट्यो, ग्राहकहरु भाउ सुन्दा तर्सेर भाग्न थाले…! (फोटो-कथा)

सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कोरोना माहामारी र ह्वात्तै बढेको मुल्यले धनगढीमा सुनको कारोबारमा ह्रास आएको छ । लामो समयदेखीको बन्दाबन्दीका कारण सुनसान बनेका धनगढीका सुन पसल लकडाउन खुकुलो भएसँगै सञ्चालनमा आएका छन् । “कारोबार त शुन्य छ । बजार खुल्ला छन् भन्ने आभाष दिलाउनकै लागी पनि पसल खोल्छौँ”, धनगढीको हुलाक रोडमा रहेको शिवशक्ति सुनचाँदी गहना पसलका सञ्चालक पंकच घिमिरेले भने । 
हामीले सोधेको प्रश्नको जवाफ दिदै सुनचाँदी व्यवसायी संघ कैलालीका सचिव मेघराज लामिछानेले भने, “सुनको मुल्यमा उथलपुथल हुनुको मुख्य कारण कोरोना महामारीले मुलुकको अर्थतन्त्रमा पारेको प्रभाव हो । सुनको कारोबार हुने सिजन भएपनि कोरोना र मुल्य वृद्धीले व्यापार चौपट बनाएको छ । विलासिताको एक अंश मानिने सुन यतिबेला बढेको मुल्यका कारण सबैको पहुँच बाहिरको विषय बनेको छ” लामिछानेले भने, “अहिलेपनि छिटफुट रुपमा ग्राहक त आउँछन् तर सुनको भाउ सुन्ने बित्तिकै तर्सेर फर्किन्छन् ।”  
व्यापार घटेसँगै समग्र सुनको व्यवसाय पनि धरापमा रहेको अर्का व्यवसायी सुमन सैँजुले बताए । गजेन्द्र सुनचाँदी गहना पसलका सञ्चालक समेत रहेका सैँजुले पहिला पहिला दैनिक १० देखी २० लाखसम्मको कारोबार हुने गरेकोमा अहिले भने बोहोनी नै नगरी दिन कट्ने बताएका छन् । “लकडाउनका कारण देशको अर्थतन्त्र धराप र सबैको व्यापार बन्द रहेका बेला सबैसँग पैसा हुँदैन । यदी कसैसँग भईहाले पनि विभिन्न प्रयोजनमा खर्च गरिहाल्छन् । ज्यान जोगाउनै मुस्किल बनेका बेला विलासी चिजतिर ध्यान नै दिदैनन्”, सैँजुले भने । 
प्राय सुनको प्रयोग विवाह जस्ता विशेष अवसरमा प्रयोग गरिन्छ । यसो त कोरोना महामारीका  कारण यस परिस्थितिमा विहेपनि कमैको मात्रामा हुनेगर्दछ । बिना प्रयोजन सुनको प्रयोग नहुने हुँदा र सबैको पहुँचको विषय नभएकाले पनि सुनको कारोबार घटेको सजिलै अनुमान गर्न सकिन्छ । धनगढीमा घटेको सुनको कारोबारसँगै सुनसान बनेका सुन पसल हेर्नुहोस् फोटो फिचरमा…

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: