- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ । सोमबार प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन आज १ सयले घटेर प्रति तोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर प्रतितोला ९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (मंगलबार) प्रति १० ग्राम सुनको मूल्य ७९ हजार ४५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ८ सय ५३ रुपैयाँ कायम गरेको छ ।