
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सनराइज बैंकमा आन्तरिक विवादले सिमा नाघेपछि जनक शर्मा पौड्याललाई कि राजिनामा दिन, कि बर्खास्त हुन तयार हुन बोर्डका अधिकांस सदस्यले भनेपछि अन्तत लाचार भएर जनक शर्मा पौड्यालले शुक्रबार नै पदबाट राजिनामा दिएका थिए । तर एकातर्फ राजिनामा दिने र अर्कोतर्फ आफ्नो पद बचाईदिन पौड्यालले उच्च राजनीतिक दबाब दिएपछि बैंकका अध्यक्ष दोहोरो तनाबमा परेका छन् भने यहि तनाबका कारण उनले पौड्यालको राजिनामा स्वीकृत नगर्ने अडान लिएर बसेका छन् ।
नियमअनुसार पाउने सुविधा लिएर राजीनामा गर्न बोर्डले आग्रह गरेपछि उनले सोहि अनुसार पदबाट राजिनमा दिएका थिए । तर उनीनिकट केहिले ‘कहाँ हार्ने यत्तिकै ? राजनितिक पावर लाउने नि ! अव छोडियो भने बैंकिङ करियर नै सकिन्छ’ भनेर उकासेपछी उनले उच्च राजनीतिक लविङ गरेका थिए ।राजनीतिक रुपमा बलिया आफ्ना केहि स्टाफहरुसंग समेत हारगुहार गरेर उनले आफ्नो पद बचाउनका लागि लविङ गरेका थिए । उनले भएभरको पावर लगाएपछि नेपाल राष्ट्र बैंकले संचालक समितिलाई आइतबार छलफलका लागि बोलाएको छ भने उनलाई ६ बुंदे स्पष्टीकरण सोधिएको छ ।
चौतर्फी रुपमा विवाद भएपछि तत्काल राजिनामा स्वीकृत नगर्ने बरु उनीसँग ६ बुंदे स्पष्टीकरण सोध्ने अडान अध्यक्षले लिएपछि उनलाई सोहि अनुसार स्पष्टीकरण सोधिएको छ । तर उनी स्पष्टीकरण दिनुभन्दा हारगुहारमा लाग्दै बोर्डलाई नै इन्सल्ट गरेको भन्दै उनलाई बर्खास्त गर्ने तयारी गरिएको संचालक समितिका एक सदस्यले अर्थ सरोकारलाई बताए ।
‘राजिनामा दिइसकेर पनि विवाद गर्न खोज्नु ठिक होइन । राजिनामा हिजै स्वीकृत हुनुपर्थ्यो । तर अध्यक्षले मान्नुभएन । अहिले स्पष्टीकरण सोधिएको छ । उहाँको स्पष्टीकरण चित्तबुझ्दो आउँदैन भन्ने पनि थाहा छ । हामी उनलाई बर्खास्त गर्ने अन्तिम तयारीमा छौं । अध्यक्षले नमानेको खण्डमा बहुमतले उनलाई बर्खास्त गरिनेछ ।’ बोर्डका एक सदस्यले भने ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्