- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६ /७७ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाले ३ करोड ८१ लाख २ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ३.७५ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ९५ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
संस्थाले १६ करोड ४५ लाख २८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो आवको तुलनामा ४ करोड ८७ लाख १४ हजार रुपैयाँले खुद ब्याज आम्दानी बढेको हो। यता सञ्चाल नाफा ७ करोड ९९ हजार रुपैयाँ पुगेको छ।
यो चौथौ त्रैमाससम्ममा संस्थाले ८१ करोड ८९ लाख २७ हजार रूपैयाँ निक्षेप संकलन र १ अर्ब ४४ करोड ८२ लाख ३० हजार रुपैयाँ सापटीबाट २ अर्ब ३४ करोड ४६ लाख १८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ। हाल संस्थाको चुक्ता पूँजी २३ करोड २२ लाख ८८ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषको अकार १ करोड ३४ लाख ६४ हजारबाट वृद्धि भई ७ करोड ४५ लाख रुपैयाँ सञ्चित भएको छ।
यता, संस्थाको प्रतिशेयर आम्दानी केहि घटेको छ । संस्थाको प्रतिशेयर आम्दानी ०.६४ रुपैयाँले घटेर १६ रुपैयाँ ४० पैसा पुगेको छ। संस्थाको प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ ०९ पैसा र मूल्य आम्दानी अनुपात ४७ रुपैयाँ ५५ पैसा रहेको विवरणमा उल्लेख छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्