- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले १८ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा ७८.४२ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यहि अवधिमा कम्पनीले १० करोड १९ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क ३२ करोड ४४ लाख रुपैयाँ बढेर ४ अर्ब ५४ करोड ८ लाख पुगेको छ। अघिल्लो वर्ष यसले ४ अर्ब २१ करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । असार मसान्तसम्ममा बीमालेख धितोमा २ अर्ब ४५ करोड ४४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको यस इन्स्योरेन्सले सो बापत ११ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको छ। त्यसैगरी, इन्स्योरेन्सले सो अवधिसम्ममा लगानी, कर्जा तथा अन्यबाट १ अर्ब ५६ करोड ४२ लाख रुपैयाँ आम्दानी गरेको छ।
यो चौथौ त्रैमाससम्ममा बैंकले २७ अर्ब ९० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले सो अवधिसम्ममा ७ हजार १५७ कुल दाबी बापत १ अर्ब ४७ करोड ६८ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ भने ८६ दाबी बापतको २ करोड १७ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ ।
जीवन बीमा कोषमा २१ अर्ब ६१ करोड २ हजार रुपैयाँ र महाविपत्ती जगेडा कोषमा ६ करोड १२ लाख रुपैयाँ सञ्चित छ। २ अर्ब १ करोड ७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको जगेडा कोषमा ५४ करोड ७० लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ। यता, कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ २५ पैसा र मूल्य आम्दानी अनुपात ६७.११ गुणा कायम भएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्