- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको आर्थिक वर्ष २०७६/७७को चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको अधिकांश सूचक बढेको छ । कम्पनीको खुद नाफा ५० प्रतिशतले बढेर ६ करोड २० लाख रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्षको यहि अवधिमा कम्पनीको खुद नाफा ४ करोड ११ लाख रुपैयाँ मात्र थियो।
कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढेको देखिन्छ । कम्पनीले असार २५ गतेदेखि २९ गतेसम्म ३० लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । कम्पनीको शेयर दोस्रो बजारमा कारोबार भएदेखिनै ९ प्रतिशत दैनिक वृद्धि भएको छ ।
यो चौथौ त्रैमाससम्ममा कम्पनीले ८६ करोड १२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो बीमा शुल्क अघिल्लो वर्षको तुलनामा १०७ प्रतिशत बढी हो । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले ४१ करोड ४९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । हाल कम्पनीको चुक्ता पुँजी ७१ करोड ५० लाख रहेको छ भने जगेडा कोषमा ४ करोड ५४ लाख रुपैयाँ सञ्चित गरेको छ । कम्पनीको बीमा कोषमा ६ करोड १६ लाख जम्मा भएको हो ।
यस्तै, कम्पनीले १ हजार ९८० जनालाई २२ करोड ५४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ भने १४३ जनालाई ५ करोड ४७ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ६८ पैसा र प्रतिसेयर नेटवर्थ ११५ रुपैयाँ ९७ पैसा रहेको विवरणमा उल्लेख छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्